काठमाडौं । नेपाल बैंकर्स संघले आफ्नो ३२ औ वार्षिक साधारण सभाको अवसरमा एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठलाई सम्मान गरेको छ । संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा लामो योगदान दिने व्यक्तित्वलाई दिँदै आईएको यो सम्मान यस पटक विकेलाई दिईएको हो ।
अध्यक्ष वि. के. श्रेष्ठलाई सम्मानगर्ने निर्णय भएबमोजिम नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रको प्रवद्र्धनमा विगत २६ वर्षदेखि पु¥याउँदै आएका उल्लेखनीय योगदानका साथै एभरेष्ट बैंक लि. को संस्थापक÷निर्देशक तथा विगत दुई दशकभन्दा अधिक समयदेखि बैंकको अध्यक्ष भई हालसम्म अनवरत रुपमा बैंकिङ्ग क्षेत्रको विकास तथा उन्नतीका लागि दिएकोे महत्वपूर्ण योगदानको उच्चकदर गर्दै सम्झनाको चिनो स्वरुप सम्मान–पत्रप्रदान गरिएको संघले जनाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द«प्रसाद ढुंगानाले संयुक्त रुपमा वि. के. श्रेष्ठलार्ई सम्मान–पत्रप्रदान गरे । सम्मानित श्रेष्ठले आफ्ना केहीविचार तथा अनुभवहरुका बारेमा बोल्दै बैंकर्स संघलाई सम्मानकालागि धन्यबाद ज्ञापन गरे ।