- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय हीरा व्यापारी राजेश्वर उदानीको रहस्यमय हत्यामा संलग्न रहेको भन्दै भारतीय प्रहरीले एक नेतालाई गिरफ्तार गरेको छ । साथै मोडल तथा टीभी अभिनेत्री देबोलिना भट्टाचार्यलाई प्रहरीले हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार राजनीतिज्ञ सचिन पवार मृतकका निकट थिए । उनी यसअघि भारतीय जनता पार्टी (भाजापा)सँग जोडिएका थिए । ३ दिनअघि उदानीको शव जंगलमा फेला परेको थियो ।
अधिकारीले भट्टाचार्यलाई किन हरासतमा लिइयो भन्ने विषयमा कुनै जानकारी दिएका छैन तर मनोरञ्जन क्षेत्रका अन्य केही महिलालाई पनि सोधपुछ गर्न सकिने बताएको छ ।
५७ वर्षीया उदानी २८ नोभेम्बरमा हराएकी थिइन् । त्यसको एक सातापछि ४ डिसेम्बरमा उनको शव फेला परेको थियो । उनको शव नचिनिने अवस्थामा फेला परेको थियो भने कुनै सबुत पनि फेला पर्न सकेको थिएन ।
प्रहरीले गरेको जाँचमा सचिन पवारसँग उदानीको सम्बन्ध रहेको पाइएको छ । पवार २००४ देखि २००९ सम्म भाजपाको तर्फबाट राजनीतिज्ञ थिए ।