arrow

२०१८ मा गुगलमा सबैभन्दा बढी खोजिए यी कुरा

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
google-searchs.jpg

काठमाडौं ।  कुनै पनि कुरा थाहा पाउनको लागि हामी अहिलेको समयमा सबै भन्‍दा पहिले गुगलमा खोज्न थाल्छौ । के तपाईलाई थाहा छ सन् २०१८ मा सबैभन्दा ज्यादा कुन शब्द गूगलमा खोजियो ?   गुगलका सीईओ सुन्दर पिचाईले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेर २०१८ मा विश्वभरका मानिसहरुले सबैभन्दा ज्यादा सर्च गरेको वर्डको बारेमा बताएका छन् ।

#YearInSearch2018 नामबाट २ मिनेट लामो भिडियोमा विश्वभरका मानिसहरुले २०१८ मा 'गुड' (राम्रो)  चीजको बारेमा खोजी गरेको बताएका छन् । यस बर्ष -  'राम्रो' नागरिक कसरी बन्ने ,  'राम्रो' साथी कसरी बन्ने , 'राम्रो' गायक कसरी बन्ने, 'राम्रो' डान्सर कसरी बन्ने आदि खोजिएको छ ।

सो भिडियोमा निकै आकर्षक रहेको छ ।  भिडियोको कलेक्सनमा थाई गुफाबाट उद्दार गरिएका फुटबल टिम, सुन्न असक्षम बालकले कानमा प्रविधिको प्रयोगसँगै  पहिलो पटक आमाको आवाज सुनेको , स्टीफन हकिंग्स र जर्ज एच डब्ल्यू बुशलाई श्रद्धाञ्जली दिएको र न्यूजील्यण्डका प्रधानमन्त्रीको छोरीको जन्म आदि भिडियो रहेका छन् ।
 
ट्विटरमा सुन्दर पिचाईले सो भिडियो शेयर गरेपछि ट्विटर प्रयोगकर्ताले धेरै प्रतिक्रिया दिएका छन् । ट्विटरमा सो भिडियो अहिले सम्म १ हजार ३ सय ९७ पटक रिट्विट गरिएको छ भने ७.६ हजार भन्दा ज्यादा लाइक गरिएको छ । त्यस्तै युट्यूबमा सो भिडियो ४३ लाख भन्दा ज्यादा हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ