arrow

भारतीय युवतीहरु किन गर्दैनन् चिनियाँ केटासँग विवाह ?

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
chainess-girl.JPG

काठमाडौं । चिनियाँ इन्टरनेट क्षेत्रमा पछिल्लो समय एक बहस बढ्दो क्रममा रहेको पाइन्छ – भारतीय युवतीहरु किन चिनियाँ केटासँग विवाह गर्दैनन् ? केही समयअघि सेलाएको यो विषय केही दिनयता पुनः सुरु भएको छ ।

अहिलेसम्म १२ लाख मानिसहरुले यो बहसमा भाग लिएका छन् । दुवै मुलुकको लागि विवाहको मुद्दा निकै महत्वपूर्ण रहेको छ । चीनमा महिलाको तुलनामा पुरुषको संख्या ३४ लाख बढी छ ।  यसको कारण चीनको एक सन्तान नीति हो । जसलाई २०१५ मा बन्द गरिएको थियो । भारतमा भने महिलाको संख्या पुरुषको भन्दा ३७ लाखले बढी छ ।

भारतमा छोरी दिएपछि दाइजो पनि दिएर पठाउने प्रचलन रहेको छ तर चीनमा भने केटापक्षले केटीपक्षलाई भेट बुझाउनुपर्ने हुन्छ । भारतभन्दा पनि चीन विकसित छ, यस्तोमा चिनियाँ पुरुषसँग विवाह गर्नु भारतीय युवतीहरुको लागि राम्रो कुरा रहेको बताइएको छ । चिनियाँ पुरुषहरु भियतनाम, म्यानमारका साथै युक्रेनसम्मका युवतीहरुसँग विवाह गर्छन् तर भारतीयसँग गर्दैनन् ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सकाअनुसार विच्याटमा पाइएका २०० भारतीय–चिनियाँ जोडीमा केवल एकमात्र यस्तो जोडी थियो, जसमा युवती भारतीय र केटा चिनियाँ थिए ।

यस विषयमा चीनको अदालतले भने भारतीय नागरिकसँगको विवाहमा कुनै आपत्ति नरहेको बताएको छ । त्यसका साथै केहीले भने दुई मुलुकका नागरिकहरुको आपसम भेट नहुनु पनि दुई मुलुकका नागरिकहरुको बीचमा विवाहको सम्बन्ध निकै कम मात्र हुनुको कारण रहेको बताएका छन् । केही भारतीयहरु हङकङमा काम गर्ने गर्छन् तर त्यहाँ महिलाको संख्या शून्यको हाराहारीमा हुने गरेको छ ।
 
बरु धेरै चिनियाँ अफ्रिकामा काम गर्ने गर्छन्, जसको कारण उनीहरु अफ्रिकी युवतीसँग विवाह गर्ने गर्छन् । भारतीय अभिभावकहरु आफ्नो छोरीको विवाह चिनियाँ भन्दा पनि गोराहरुसँग गराउन रुचाउँछन् । जसको कारण पनि भारतीय युवतीहरुको चिनियाँ पुरुषसँगको विवाह निकै कम मात्रामा हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ