arrow

आठ भन्दा बढी प्रजातीका जडीबुटी संकलन गर्न अनुमति

logo
जनक बोहरा,
प्रकाशित २०७५ पुष १० मंगलबार
jadibuti-1.jpg

 बाजुरा ।बाजुराको विभिन्न ९ स्थानीय तहमा रहेका सामुदायिक र राष्ट्रिय वनहरुबाट जडीबुटी व्यवसायीहरुले आठ बढी प्रकारका जडीबुटी संकलन गर्न संकलन पुर्जी लिएको पाइएको छ । जडीबुटी संकलनका लागि जिल्लाका हिमाली गाउँपालिका, खप्तडछेडेदह गाउँपालिका,गौमुल गाउँपालिका बुढीनन्दा नगरपालिका,त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिकाका वनहरुबाट जडीबुटी संकलन गर्नका लागि  ४६ जना  जडीबुटी व्यवसायीले अनुमति पत्र लिएको डिभिजन वन  कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका हिमाली गाउँपालिकाको साविकको विच्छ्या र रुगिन,गौमुल गाउँपालिकाको दहकोट,बुढीनन्दाको कोल्टी,पाण्डुसैन,बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको केही भागहरुमा विभिन्न ८ बढी प्रजातीहरुका जडिबुटी संकलनका लागि व्यवसायीले संकलन पुर्जी लिएको डिभिजन कार्यालय बाजुराले बताएको छ । जिल्लाका सामुदायिक र राष्टिय वनहरुबाट मंसिर र  पुस महिनामाचिराईतो,पाषण भेद,कटुटी प्रजातीका जडीबुटी संकलन गर्न व्यवसायीहरु कार्य क्षेत्रमा गएको बताइएको छ ।

यसैगरी टिमुर,रिठा,सुगन्धवाल,पनि संकलन गर्न कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कडेलले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार जिल्लाकादर्ता भएका ४६ जडीबुटी व्यवसायीले डिभिजन वन कार्यालयबाट जडीबुटी संकलन अनुमति लिएर सामुदायिक वन र राष्ट्रिय वनहरुमा संकलन गर्न थालेको बताए ।

पछिल्लो समयमा जिल्लामा पाँचऔले,जटामसी र  सेतक चिनी प्रजातीका जडीबुटी संकलनमा रोक लगाइएको डिभिजन प्रमुख कडेलको भनाई रहेको छ । यी प्रजातीका जडीबुटी संकलन गरेको पाइएका वन ऐन अनुसार कानुनी कारवाही गरिने डिभिजन प्रमुख कडेलले  बताए।

जिल्लामा संकलन गरिने विभिन्न प्रजातीका जडीबुटीहरुबाट हरेक वर्षमा ८ लाख देखि २२ लाख सम्म राजस्व संकलन हुने गरेको बताइएको छ । फरक फरक प्रजातीका जडीबुटीहरुबाट प्रति केजी १३ रुपैया देखि २५ हजारमा विक्री हुने गरेको पाइएको छ । जडीबुटीको जातका आधारमा विक्री हुदै आएको जिल्ला जडीबुटी व्यवसायी संघ बाजुराले जनाएको छ ।

९ स्थानीय तह मध्ये गौमुल गाउँपालिकाले पाँचवर्ष सम्म कुनै पनि प्रजातीका जडीबुटी संकलन गर्न प्रतिबन्ध गरेको छ । जडीबुटी व्यवसायीहरुले मनोमानी रुपमा निकाल्ने गरेकाले गाउँपालिकाले जडीबुटी संकलनमा रोक लगाएको गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताए।

जिल्लामा विभिन्न मौसममा विभिन्न प्रजातीका जडिबुटीहरु संकलन हुदा जडीबुटीको बीउ समेत नपाइने अवस्था रहेको पाइएको छ । व्यवसायीहरुले संकलन गर्दा जडीबुटीको बीउ समेत संकलन गर्न थालेकाले आउदा वर्षदेखि जडीबुटी समेत नपाइने स्थानीयहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ