arrow

गैरआवासीय नेपाली संघ जर्मनीको बार्षिक साधारणसभा जनवरी ५ मा 

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
nrna-germany.jpg

जर्मनी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको बार्षिक साधारण सभा जनवरी ५, २०१९ का दिन हुने भएको छ ।

एनसीसी जर्मनीले एक सूचना जारी गर्दै नियमित बार्षिक साधारण सभामा एनसीसी सदस्य, पदाधीकारी, सल्लाहकार, संघका अन्तराष्ट्रिय परिषद सदस्य तथा पदाधिकारीहरु तथा सम्पूर्ण जर्मनी निवासी गैरआवसिय नेपालीहरुलाई उपस्थितको लागि अनुरोधसहित निमन्त्रणा गरेको छ ।

राष्ट्रिय समन्वय परिषद जर्मनीका प्रबक्ता शंकर डाँगीले यो नियमित बार्षिक साधारण सभा भएकोले यसमा निर्वाचन र नयाँ नेतृत्वको कुरा नभएको जानकारी गराए । 
 
एनसीसीले सधैं बिभिन्न क्षेत्रमा गरिँदै आएको वार्षिक भेला र सभा यो पटक एलसिसि ब्रेमन नेदरजक्सनमा हुने भएको छ । सबै नेपाली सबल र उद्यमी बनाउ भन्ने मुल नाराका साथ साधारण सभा हुने भएको छ। 

एनआरएनएका बिभिन्न मुद्धा र संघको भबिश्यबारे संघका अभियान्ता, अग्रजहरुले प्रकाश पार्ने जानकारी गरिएको छ स्मरणीय कुरा, वर्तमान बिजय मोक्तानको नेतृत्वको कार्यसमिति एनसीसी जर्मनीको इतिहासमा नै पहिलो निर्बाचित कार्यसमिति हो । त्यसैले पनि एउटा निर्वाचित नेतृत्वले आयोजना गर्ने सभा भनेको अन्य भन्दा बिशेष रहने गर्छ ।

सभामा संघका उपाध्यक्ष कुमार पन्त, अग्रजहरु जिबा लामिछाने, राम प्रताप थापा, दिल बहादुर गुरुङ, उषा शर्मा, पुष्प थापा, दावा गेल्जे शेर्पा, डा जय कृष्ण ठाकुर लगायत आईसिसिका अन्य पदाधिकारी लगायत युरोपका छिमेकी राष्ट्रहरुका अध्यक्ष र बिभिन्न नेपाली संघका प्रतिनिधिहरु उपस्थित हुनेछन् । 

 संघका यस्ता हस्तीहरुको बसोबास गर्ने राष्ट्र भएकोले पनि एनसीसी जर्मनीको छुट्टै महत्व छ । साथै य​स भेला स​फ​ल पार्न​को लागि बिभिन्न​ उप​स​मिति ग​ठ​न​ भैस​केको प्रबक्ता डाँगीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ