arrow

नेविसंघ जाजरकोटको अध्यक्षमा ललित बस्नेत निर्वाचित

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
nsu-jajarkot.jpg

जाजरकोट। नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ जाजरकोटको अध्यक्षमा ललित वस्नेत निर्वाचित भएका छन्।सदरमुकाम खलंगामा वुधवार सम्पन्न संघको १० औं जिल्ला अधिवेसनबाट वस्नेत निकटतम प्रतिद्धन्दी मुक्तिप्रसाद गौतमलाइ २५ मतको अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

पुस १६ गते सोमवार देखि सुरु भएको संघको जिल्ला अधिवेशनले निर्वाचन मार्फत आफनो नयाँ नेतृत्व चयन गरेको हो। नव निर्वाचित अध्यक्ष वस्नेतले कुल खसेको ३२७ मत मध्य १सय ४० मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्दी गौतमले १ सय १५ मत प्राप्त गरे। यसैगरि सचिवमा प्रदिप रावलले १ सय ५६ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी पारसविक्रम केसीले १ सय १२ मत प्राप्त गरे। कोषाध्यक्षमा दुर्गा भन्डारीले १ सय ५८ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्धन्दी नैनसरा सिंहले १ सय ५५ मत प्राप्त गरिन् । यसैगरि निर्वाचनवाट १६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

संघको विद्यान अनुसार एक संसदीय निर्वाचन क्षेत्र भएको जिल्लामा तोकिएको १९ सदस्यीय कार्य समितिमा उपाध्यक्ष र सहसचिव निर्वाचित सदस्यहरु मध्य कार्य समितिले मनोनित गर्ने व्यवस्था छ भने समावेसी सिद्धान्त अनुसार ६ जना सदस्यहरु अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।

संघका नवनिर्वाचित अध्यक्ष वस्नेतले अव आफनो पहिलो जिम्मेवारी जिल्लाका सातैवटा स्थानीय तहका सवै विद्यालय र वस्तीहरुमा रहेका नेपाल विद्यार्थी संघका संरचनाहरुलाइ गतिशिल र मजवुत वनाउनु रहेको वताए । उनले नेपाल विद्यार्थीसंघ मार्फत नेपाली काँग्रेसको संगठनलाइ जिल्लाका कुना कुना सम्म चलायमान वनाउन आफु सम्पुर्ण रुपले लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

काँग्रेस नेता वेदराज सिंहले नेपाल विद्यार्थी संघको १० औं जिल्ला अधिवेसनले नेपाली काँग्रेस जाजरकोटमा नयाँ रक्तसन्चार गरेको वताए । यस अघि संघले जिल्लाका ६४ वटा माध्यमिक विद्यालय, ४ वटा क्याम्पस र ७ वटा स्थानीय तहमा सर्वसम्मतिका आधारमा इकाइ समिति र पालिका समितिहरु चयन गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ