arrow

नेरा त्रिभुवनको हिरक महोत्सवको तयारी तिव्र

logo
कौरव खत्री,
प्रकाशित २०७५ पुष १९ बिहिबार
mohotsab.jpg

गुल्मी । गुल्मीको  एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियान र प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले गर्न लागेको शैक्षिक तथा धार्मिक हिरक महोत्सवको तयारीका लागि यति बेला प्रचारका सामग्रीहरु छपाई कार्य भइरहेको र सामाजिक सञ्जाल र मिडिया मार्फत प्रचार प्रसार अभियान अगाडी बढाईएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए  ।

प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि विद्यालयले आँउदो माघ २१ देखि २९ गतेसम्म विद्यालयले शैक्षिक तथा धार्मिक हिरक महोत्सव सञ्चालन गर्न गइरहेको छ । हालसम्म भने विद्यालयले १० लाख बोल आर्थिक सहयोग संकलन गरेको विद्यालय श्रोतले जनाएको छ ।

२०१४ सालमा स्थापना भएको विद्यालयमा हाल भने कक्षा १ देखि १० सम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ