arrow

राजश्व छलि गरेको आरोपमा वडाध्यक्ष पक्राउ

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ पुष १९ बिहिबार
pakrau-new.jpeg

लम्की । राजश्व छलि गरेको आरोपमा कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भिक्खुराम चौधरी प्रकाउ परेका छन् ।  स्थानीय नागरीकले वडा कार्यालय बाट सेवा लिदा बुझाएको राजश्वको रसिद् नदिने गरेको जनगुनासो आएपछि गाउँपालिकाका अध्यक्ष चौधरी आफै आज विहान अनुगमनमा पुगेका थिए । नागरीकबाट लिएको राजश्वलाई कृते गरेर अबैध रकम असुलदै आएका वडाध्यक्ष चौधरीलाई प्रहरीको जिम्मा लगाईएको छ । पक्राउ परेका वडाध्यक्ष चौधरी इलाका प्रहरी कार्यालय बौनिया छन ।

जनताको संरक्षण र नेतृत्वको लागि भन्दै निर्बाचनमा निर्बाचित भएका वडाध्यक्ष  भिक्खुराम चौधरी जनताको भक्षक भएको भन्दै स्थानिय आक्रोसित भएका छन । दिन दहाडै सेवाग्रहीले दिएको राजश्व छलीगर्ने वडाध्यक्षलाई कानुन अनुसार कारबाहिको लागि पहल गर्ने गाउँपालिकाका अध्यक्ष बलिराम चौधरीले जानकारी दिए । राजश्व छलि गर्ने वडाध्यक्ष भिक्खुराम चौधरी तत्कालिन नेकपा माओबादीबाट निर्बाचित भएका थिए ।

तर इलाका प्रहरी कार्यालय बौनियाले भने, गाउँपालिकाका अध्यक्षको आग्रहमा राजश्व नकाटेका ढुङ्गा, माटो, ग्राबेल निकासि गरी रहेका २ ट्याक्टर नियन्त्रणमा लिएको र वडाध्यक्ष चौधरी आफै चौकीमा आएको बताएको छ । गाउँपालिका अध्यक्षले दिएको जानकारी अनुसार वडाध्यक्ष चौधरीले रसिद नकाटी जनता संग रकम लिएको र सादा कागजमा ठाडो हिसाब राखेको भन्दै आफुले छानविनको लागि सबै कागजपत्र नियन्त्रणमा लिएका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ