arrow

कृषि बिकास बैङकका सुरोज टण्डनलाई विद्यावारिधी उपाधी

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
suroj-tandan.jpg

काठमाडौं। कृषि बिकास बैंकमा कार्यरत सुरोज टण्डनले बिद्यावारिधी उपाधी हासिल गरेका छन्। बैङकका शाखा प्रमुख समेत रहेका टण्डनले विद्यावारिधी उपाधी पाएपछि उनको परिचय डाक्टर टण्डनका रुपमा हुन थालेको छ। टण्डनले नेपालको बैंकिङ्ग र वीमा क्षेत्रका कर्मचारीको आन्तरीक बजारीकरण, प्रतिवद्धता, यस क्षेत्रको विद्यमान अवस्था, कार्य सम्पादन विषयमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकाय अन्तर्गत विद्यावारिधीको सोध गरेका हुन् । 

डा टण्डनले आफ्नो सोधमा नेपालको बैंकिङ्ग र वीमा क्षेत्रका कर्मचारीको आन्तरीक बजारीकरण, प्रतिवद्धता, यस क्षेत्रको विद्यमान अवस्था, कार्य सम्पादनसँग सम्बन्धीत रहनुका साथै यस क्षेत्रका कर्मचारी तथा व्यवस्थापकको धारणा समेतको अध्ययन तथा विश्लेषण गर्दै यसले वित्तीय क्षेत्रका साथै अर्थतन्त्रमा पार्ने प्रभावमा केन्द्रीत रहेर सोधको निष्कर्ष निकालेका हुन् । उनले अनुसन्धानमा वित्तीय क्षेत्रका कर्मचारीहरुको कार्यसम्पादन बढाउन कुन विधि र प्रक्रियाको प्रयोग गर्दा प्रभावकारी हुन सक्छ भन्ने पक्षको समेत विश्लेषण गरेका छन् ।

डा टण्डनले आफुले गरेको अनुसन्धानले आन्तरीक बजारीकरण सबै प्रकारका संस्थाहरुको लागि अति उपयोगी र यसका रणनीतिक औजारहरुले सम्बन्धीत संस्था र समग्र अर्थव्यवस्थामा सधै सकारात्मक प्रभाव पार्ने समेत बताउँछन् । नेपालको वित्तीय क्षेत्र अन्तर्गत बैंकिङ्ग, वीमा, पुँजी बजार, गैर बैंकिङ्ग वित्तीय संस्था र सहकारी क्षेत्र पर्ने भएपनि बैंकिङ्ग र वीमा क्षेत्रको भूमिका अर्थव्यवस्थामा उल्लेख्य रहेको उनको भनाई छ। 

अध्ययनको क्रममा कम्तीमा पाँच वर्ष सम्म सञ्चालन भएका १४ वाणिज्य बैंक र १६ वीमा कम्पनीहरु नमुना संस्थाको रुपमा छनोट गरी कुल ७ सयलाई प्रश्नावली उपलब्ध गराएकोमा ६५५ जना ९८७।३३ प्रतिशतले आफ्नो धारणा प्रदान गर्नुका साथै विधि पूर्वक छनोट गरेका संस्थाहरुको वित्तीय प्रगतिको आधारमा अनुसन्धान केन्द्रीत रहेकोले अध्ययनको प्रभाव वित्तीय क्षेत्रका साथै समग्र अर्थव्यवस्थामा पर्ने स्पष्ट देखिन्छ ।

संकलित तथ्यांकको विश्लेषण गर्ने क्रममा उनले एसपिएसएस २३ को उच्च स्तरको प्रणालीबाट निकै शुक्ष्म रुपमा विभिन्न तरिकाले विश्लेषण गरेका छन्। यसैगरी अध्ययनलाई विश्वसनीय र पूर्णता प्रदान गर्न अन्तिम प्रश्नावली वितरण गर्नु भन्दा पहिले सफल नमुना परिक्षण विधिको प्रयोग गरिएको बताएका छन् ।

शंकरदेव क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी विद्यार्थी कालमा नेविसंघको राजनीतिमा क्रियाशिल थिए। व्यवसायिक जीवन शुरु गरे यता उनले प्राज्ञिक क्षेत्रमा पनि पकड बनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ