arrow

इन्टरनेट प्रयोगकर्ताबाट लुट्ने धन्धामा धनगढी उपमहानगरपालिका [पत्रसहित]

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
Dhangadhi_Upamahanagarpalika.png

धनगढी । धनगढी उपमहानगरपालिकाले कर उठाउने नाममा इन्टरनेट प्रयोगकर्ताबाट पैसा थुत्ने धन्धा थालेको छ । 

उपमहानगरपालिकाले विभिन्न इन्टरनेट प्रदायकलाई पत्र काटेर इन्टरनेट सेवा प्रदायकबाट प्रति ग्राहक दुई सय रुपैयाँ लिने व्यवस्था भएअनुसार अहिलेसम्म दाखिला नभएको भन्दै पुस मसान्तसम्मको म्याद दिएको छ । 

गत बुधबार नेपाल टेलिकमसहित आधा दर्जन इन्टरनेट प्रदायकलाई पत्र लेख्दै उपमहानगरपालिकाले ग्राहकको नाम र प्रति ग्राहक शुल्क २०० का दरले बुझाउनसमेत आग्रह गरेको छ । 

कुनै पनि प्रदायकले खल्तीबाट पैसा सरकारलाई बुझाउँदैन । ग्राहकबाटै उठाएको रकमबाट बुझाउने हो । 

यसको मतलव प्रत्यक्ष रुपले इन्टरनेटका ग्राहक ठगिने काम धनगढीको स्थानीय सरकारले गर्न खोजिरहेको छ । 

केन्द्रमा समेत पटक पटक सरकारलाई इन्टरनेट प्रदायकहरुले यसरी जनतालाई ठग्ने काम नगर्न आग्रह गरिरहेका अवस्थामा फेरि स्थानीयतहमा समेत भएको यो दादागिरीले भने स्थानीय सरकारसमेत आलोचनाको पात्र बन्न थालेको छ । 

यस्तो छ पत्र–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ