arrow

विद्यालयको हिरक महोत्सवमा श्रीमद्भभागवत महायज्ञ, कार्यक्रम अघि नै आयो बोलचन्दा

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७५ पुष २० शुक्रबार
vidlaya.jpg

मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ पौदिअरेवा स्थिति जनज्योति माध्यमिक विद्यालयले आउँदो फागुन १ गते देखि ९ गते सम्म हिरक महोत्सव गर्ने भएको छ।

विद्यालयलाई अल्पकालीन रुपमा अंग्रेजी माध्यमको व्यावस्थापन गरी भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सच्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा संचालन गर्न, सबै कक्षाहरुमा कम्प्युटर शिक्षा, दीर्घकालीन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पुर्याउने र प्राविधिक शिक्षासमेत संचालन गर्ने उद्देश्यले विद्यालयले हिरक महोत्सव साथैसाथै श्रीमद्भभागवत धनधान्याञ्चल नवा ज्ञान महायज्ञ गर्न लागेको हो ।

जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यले दिएको जानकारी अनुसार कार्यक्रमको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिबाट धान, चामल र हालसम्म कुल १३ लाख बोल चन्दा सहयोग भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ