arrow

चकलेट दिएर विपद व्यवस्थापन पढाउँदै सशस्त्र प्रहरी

logo
कौरव खत्री,
प्रकाशित २०७५ पुष २० शुक्रबार
apf2.jpg

गुल्मी । गुल्मीमा रहेको सशस्त्र प्रहरी बलले वामीमा विपद व्यवस्थापन सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । मुसिकोट नगरपालिका ७ को वामीटक्सारमा विपद व्यवस्थापनका बारेमा विपद आउँदा कसले के भुमिका निर्वाह गर्ने, विपदको समयमा आफुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र विपदको समयमा अपनाउन सकिने संयमताको बिषयमा सशस्त्र प्रहरी बल गुल्मीका डिएसपी दिनिश बहादुर रायमाझीले सहजीकरण गरेका  थिए ।

विहिवार सम्पन्न भएको एक दिने गोष्ठीको अवसरमा उहाँले गएको २०७२ साल बैशाख १२ मा गएको भूकम्पको समयमा सशस्त्र प्रहरीले निभाएको भुमिका, आगो भनेको के हो, कसरी आगोलागि हुन सक्छ, आगोलागीका प्रकारहरु र नियन्त्रण गर्ने उपायहरु, नियन्त्रणको क्रममा के कस्ता सामग्री प्रयोग गर्ने लगायतका विविध बिषयमा उनले जानकारी दिए । विपदको समयमा सुरक्षाकर्मीको मात्र भर नपरी आम सर्वसाधारणले आ–आफ्नो तर्फबाट सहयोग गरेको खण्डमा सजिलै नियन्त्रण गर्न सकिने समेत उनको भनाइ थियो । गोष्ठीमा सहभागीहरुलाई विभिन्न अडियो तथा भिडियो क्लिप्सको सहयोगबाट प्रष्ट पारिएको थियो भने सहभागीहरुले आफ्नो आफ्नो जिज्ञासा प्रस्तुत गरेका थिए ।

गोष्ठी अवधिभरमा निद्रा तथा अल्छी महसुस गर्ने सहभागीहरुलाई चकलेट दिने फरक शैली अपनाएर सबैको ध्यान आकर्षण गरी कार्यक्रम सम्पन्न गरीएको थियो । सैद्धान्तिक क्रियाकलापको समापन पनि विभिन्न नमुनाहरु प्रदर्शन पनि गरिएको थियो । वामीमा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा सहित जनप्रतिनिधिहरु, कर्मचारी, शिक्षाप्रेमी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ