arrow

सातौ वालिङ महोत्सव नजिकिदै

माघ १७ देखि २८ सम्म संचालन हुने

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ पुष २० शुक्रबार
mahotsab1.jpg

स्याङ्जा । करिव एक महिना पछि हुन लागेको वालिङ महोत्सवको मिति नजिकिदै छ । हरेक २÷२ बर्षमा आयोजनामा हुने वालिङ महोत्सव यही आउदो माघ १७ गतेदेखि २८ गते सम्म वालिङ खेलमैदानमा हुदैछ । आयोजकले पत्रकार सम्मेलन गरी सातौँ वालिङ महोत्सव २०७५ एवं गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक एवं व्यापार यही माघ १७ देखि २८ गतेसम्म हुने जानकारी दिइएको हो । हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवको वालिङ नगरपालिका पनि आयोजकका रुपमा रहने छ ।

यसअघि २०६३, ०६५, ०६७, ०६९, ०७१ र ०७३ सालमा गरी ६ ओटा महोत्सव सफलतापुर्वक सम्पन्न भईसकेका छन् । पत्रकार सम्मेलनमा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले स्थानीय सरकार आईसकेपछिकोे प्रथम महोत्सव रहेको भन्दै पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाइन् । यहाँका स्थानीय व्यवसायी तथा व्यापारीकै हितमा महोत्सव हुने गरेको भन्दै महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन सबै एक ठाउँमा उभिनुपर्ने तिवारीको भनाई थियो । वालिङलाई भजाएर बिक्रि गर्न नपाईने भन्दै वालिङको पहिचानलाई सबै मिलेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन तिवारीले आग्रह गरिन् । महोत्सव सफलता बनाउन स्थानीय सरकार पनि प्रतिवद्ध रहेको तिवारीको छ ।  

संघका अध्यक्ष एवं आयोजक मुल समिति संयोजक शोभाकान्त पौडेलले भने,“वालिङ महोत्सव समग्र स्याङ्जा जिल्लाबासीको गौरव हो पहिचान हो” बालकदेखि बृद्धसम्मलाई  लक्षित गर्दै  महोत्सव आयोजना गरिएको भन्दै महोत्सवले स्थानीय वस्तु तथा सेवाको बजार प्रर्बद्धन गर्नुका साथै व्यवसायीहरुलाई प्रोत्साहन गर्ने अध्यक्ष एवं संयोजक पौडेलले बताए । यो पटक १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा १५ करोड भन्दा बढीको व्यापारिक कारोबार गर्दै ५ लाख बढी दर्शक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा प्रचार प्रसार तथा कलाकार साउण्ड सिष्टम व्यवस्थापन उपसमितिका संयोजक पदमराज गुरुङले प्रचारप्रसार सुरु भईसकेको भन्दै फेदिखोला र राम्दीदेखि व्यानर लगाउन शुरु गरिसकेको जानकारी दिए । गुरुङले भने, “एक घर एक व्यानर, एक सवारी साधन एक स्ट्रिकर अभियानका साथ लागेका छौँ ।” वण्डर फुल वालिङको सहकार्यमा गरिने सय किलोमिटर पहाडी साईकल यात्रा तथा अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता महोत्सवको नयाँ आर्कषण बन्नेछ । प्रतियोगितामा विजेताले पुरुषतर्फ १ लाख ५० हजार र महिलातर्फ ३ लाख पुरस्कार राशीको व्यवस्था गरिएको छ भने दर्ताको लागी नेपालीलाई प्रतिव्यक्ति ५ हजार र विदेशीलाई १ सय ५० डलर लाग्नेछ । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले वालिङले विगतमा आयोजना गरिएका महोत्सवको समेत समिक्षा गर्न आवश्यक रहेको भन्दै मिडियाको तर्फबाट पुर्ण सहयोग रहने बताए ।

व्यवसायिक चेतना अभिवृद्धि गर्ने, उत्पादक र उपभोक्ताहरुबीचको सम्बन्ध अभिबृद्धि गर्ने, हस्तकला व्यवसायको खोजी तथा प्रर्बद्धन गर्ने, कृषिउजको प्रर्बद्धन गर्ने, बजार अनुसन्धान एवं नयाँ वस्तुविकास गर्ने अवसरको सृजना गर्ने, आन्तरिक एवं बाह्य पर्यटन प्रर्बद्धन गर्ने, लोक संस्कृतिको जर्गेना गर्ने, सूचना प्रविधिको ज्ञान दिनेलगायतका उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । संघका वरिष्ठ उपाध्यक्ष एव्ां सहसंयोजक अर्जुनप्रसाद खनालले महोत्सव सफल पार्नका लागी मुल अयोजक सहित ३१ उपसमिति बनाईएको बताए ।  महोत्सवमा कृषि व्यवसाय पर्बद्धनका लागी कृषि उपजहरु प्रर्दशनी तथा विक्रिका लागि निशुल्क स्टलको व्यवस्था गरिएको बताए ।

महोत्सवमा कृषि तथा पशुपंक्षी, सुचना तथा प्रविधि, होटल, फेन्सी तथा कष्टमेटिक, हस्तकला, जुत्ताचप्पललगायतका ३५० स्टलहरु रहनेछन् । विविध सांस्कृतिक कार्यक्रम, अगुवा कृषक तथा सरोकारवालाबीच अन्र्तक्रिया, अर्गानिक कपी तथा अदुवा, विद्यालय स्तरीय नृत्य प्रतियोगिता (स्याङ्जा डान्स आईडल सिजन २) शैक्षिक सामाग्रीको प्रर्दशनी, बाल उद्यान, हेलिकप्टर यात्रा तथा साहसिक प्याराग्लाईडिङ, आँधीखोलामा निर्माण हुने डुङगा यात्रा, जिल्ला स्तरीय भलिबल प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन् । महोत्सव सम्पन्न गर्न १ करोड ५० लाख ५१ हजार १ सय ११ रुपैँया खर्च हुने संघले जनाएको छ । ६० लाख बचत गर्ने लक्ष्य रहेको महोत्सवमा प्रति टिकटको ५ रुपैँया व्यवसायिक हितकोषमा जम्मा गर्ने, प्रति टिकटको १ रुपैँया खेलमैदानको व्यवस्थापन गर्ने र बचत रकमबाट निर्माणधीन बहुउद्देश्यीय सामुदायिक भवनको विकास र नयाँ सचिवालय भवन निर्माण गर्ने संघले जनाएको छ । महोत्सवले स्थानीय व्यवसायीको हित हुने गरी काम गर्न व्यपारीहरुले आयोजकलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ