arrow

आगजनीवाट घरबार विहिन बनेका दासलाई मेयर पराजुलीले दिए ५० हजार 

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
bhim-parajuli-donation.jpg

विराटनगर। आगजनीमा परि घरबार बिहिन बन्न पुगेका विराटनगर महानगरपालिका वार्ड नं ४ का सिताराम लाल दासलाई शुक्रबार विराटनगर महानगरका मेयर भीम पराजुलीले आर्थिक सहयोग प्रदान गरेका छन्। 

आगजनीमा परि घरबार विहिन बन्नपुगेका दासलाई ५० हजार रुपैयाको चेक मेयर पराजुलीले प्रदान गरे। मेयर पराजुलीले आगजनीमा परेका परिवारलाई लत्ताकपडा र ७ दिनसम्म पुग्ने  खाद्य सामाग्री समेत प्रदान गरेका छन् ।

बिहिवार बेलुका बिद्युत सर्ट भएर दासको घरमा आगजनी भएको थियो । आगजनीबाट उनको घर पूर्णरुपमा क्षती भएको थियो। महानगरवाट आउने तलव र भत्ता सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाएका मेयरले मानविय कार्यमा रकम खर्चिदै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ