arrow

हामीले खोजेको मर्यादामुखी, समन्यायिक लोकतन्त्र (भिडियो)

logo
डा. स्वर्णिम वाग्ले,
प्रकाशित २०७५ पुष २१ शनिबार
swarnim_wagle.jpg

काठमाडौं। हामीले चाहेको लोकतन्त्र कस्तो हुनुपर्छ त ? यो एकदमै ठुलो बिषय हो। राजनितिक हिसाबले उदार लोकतन्त्र , सामाजिक हिसाबले समाबेशी र समन्यायिक लोकतन्त्र र आर्थिक रुपले समुन्नत लोकतन्त्र हुनुपर्छ। गन्तब्य यही नै हो जस्तो लाग्छ। त्यहाँ पुग्ने बाटाहरु पहिल्याउँदै गएपछि पक्कै गन्तब्यमा पुगिन्छ।

२०३६ सालमा मेरो आमाले भोट हाल्न गएको मलाई याद छ। २०४६ सालको आन्दोलनमा आफैं सरिक भएको थिए। जहाँ जाँदा नै युवा अर्थशास्त्री भन्छन् मलाई। ०४६ सालमा जनआन्दोलन हुँदा दिनेश प्रसाईं र म बुढानिलकण्ठ पढ्दा नेपालको राजनीतिलाई मज्जाले केलाएर हेर्ने गरेको अझै याद छ। 

हामीले खोजेको लोकतन्त्र उदार लोकतन्त्र हो र त्यो निरन्तर चलिरहने हुनुपर्छ यसका लागि सञ्चारमाध्यम, विश्वविद्यालय, नागरिक समाज, न्यायालय सबै मिलेर काम गर्नुपर्छ।

अन्तर्राष्ट्रिय अवस्था केलाउने हो भने बंगलादेशमा केही दिनअघि शेख हसिनाले निर्वाचन जितिन्। विगत दश बर्षमा शेख हसिना आएपछि प्रतिव्यक्ति आय १५० डलर पुगेको छ। अतिकम बिकसित मुलुक एलडीसीमध्ये बंगलादेशले उल्लेख्य प्रगति गरेको छ। मुस्लिम राष्ट्र भएपनि बंगलादेशले सात लाख रोहिंग्यालाई उदार हृदय लिएर भित्र्याएको छ । पछिल्लो समयमा मिडियामा जति बंगलादेशले उदार नीति लिएर रोहिंग्यालाई भित्र्याएको भनेपनि उसले गरेको अभ्यास अनुदार लोकतन्त्र हो। २९८ सिटमा २८८ जित हसिनाले जितेकी छन्। हसिनाले आफ्नै ठाउँमा २३ लाख भोट पाएकी छिन् भने उनको बिपक्षीले २२३ मात्रै मत पाएका थिए।

अर्को उदाहरणका रुपमा कम्बोडियालाई लिऔं। केही समयअघि कम्बोडियाको निर्वाचन पर्यबेक्षण गर्ने अबसर मिलेको थियो। त्यो बेलाको चुनाव निकै शान्तिपुर्ण थियो ८३ प्रतिशत भोट खसेको थियो। तर १२५ संसदीय सिटमा सबै हुसेनको दलले जितेको थियो।

किन यस्तो भएको हो भनेर बुझ्दा त बिपक्षी दलले एनजीओसंग मिलेर चुनाब भाँड्न खोजेको आरोप सहितको मुद्धा दर्ता हुँदा हुसेनको समर्थनमा रहेका न्यायधिसले, उनको प्रभावमा परेर बिपक्षी दल नै भंग गरिदिएको थियो। जसले गर्दा कम्बोडियामा हुसेनले जित हासिल गरेका हुन । हामीले खोजेको लोकतन्त्र उदार लोकतन्त्र हो र त्यो निरन्तर चलिरहने हुनुपर्छ यसका लागि सञ्चारमाध्यम, विश्वविद्यालय, नागरिक समाज, न्यायालय सबै मिलेर काम गर्नुपर्छ। 

सन् १६३८ मा पहिलोपटक अमेरीकामा पहिलो लेखिएको संबिधान आएको भनिन्छ। सन् १९२८ मा मात्रै बेलायतमा महिला, उमेर पुगेका सबैले भोट हाल्न पाएका थिए। नेपालमा अब कहाँ चुकिरहेका छौ भन्ने हेर्न जरुरी छ। परिपक्व लोकतन्त्रका नीजि रहर हुन्छन्। पार्टीभित्र लोकतन्त्र पनि कमजोर हुँदै गएको छ, यसमा सिष्टम भित्रका उत्प्रेरणाले पनि व्यवहारलाई प्रभाव पारिरहेको हुन्छ। 

नेपालमा अब हामी कहा चुकिरहेका छौं त? चुनाब निकै महंगो हुदै गएको छ। यसले भ्रष्टाचारमा मलजल दिइरहेको हुन्छ। सत्तामा पुगेकाले अन्यलाई तर्साउन सक्छ। लोकमान कालमा जस्तै हुन्छ। मरिहत्ते गर्ने आफ्नै मान्छे राख्नुपर्ने हुन्छ। पार्टीभित्रका मात्रै कुरा सुन्ने, सर्वश्व नै त्यही ठान्ने। खेल खेल्दा नै शक्तिसँग जोडिएको हुन्छ। स्वस्थ र उदार लोकतन्त्र राजनितिमा प्रयोग हुनुपर्छ। निर्वाचनको समय अहिले ५ बर्षको राखेको छ। त्यो धैर्यता नहुँदो रहेछ। नेपालका लागि ३ देखि ४ बर्ष मात्रै अधिकतम समय हुनुपर्छ होला। हार्ने र जित्नेका लागि धैर्य नहुँदो रहेछ।

चुनावको नाममा ठुलो रकमको चलखेल भइरहेको छ। यो निकै चुनौतिपूर्ण छ। चुनावमा रकमको चलखेलको सवालमा अमेरिकामा यो क्रम बढदै गएको छ भने युरोपमा घट्दै गएको छ। यसलाई मुल्यांकन गरी प्रयोग गर्न जान्नुपर्‍यो। इन्सेन्टिभ स्टक्चरले गर्दा यस्तो भएकोले अब यसको अध्ययनको जरुरी छ। आरक्षण दिने नाममा एकपटक दिएकालाई फेरी दोहोर्‍याउन हुँदैन। यो लगानी गर्ने नाममा होस् या नियुक्तिको सवालमा किन नहोस् जहाँपनि लागुहुन्छ। 

अब हामीकहाँ मर्यादामुखी समन्यायिक लोकतन्त्रको आबश्यकता छ। मोर इन्क्लुसिभ र डिग्निफाइड हुनुपर्छ। कुनै समूहको बलमा, दम्भमा लोकतन्त्र वा राज्यसत्ता हत्याउन खोज्यो भने यसले उन्नत खालको समाज वा राष्ट्र निर्माण हुन सक्दैन। मानब बिकासको सुचकांकमा रौतहट, जाजरकोट भन्दापनि निकै पछाडी छ। ७ नम्बर भन्दा पनि २ नम्बर प्रदेश, सरसफाई र शिक्षाको सवालमा निकै पछि छ। शिक्षा स्वास्थ्य लगायतका कुरामा अब सरकारको लगानी मर्यादामुखि र समन्यायिक हुनुपर्छ।

यसो गर्दा आरक्षण दिने नाममा एकपटक दिएकालाई फेरी दोहोर्‍याउन हुँदैन। यो लगानी गर्ने नाममा होस् या नियुक्तिको सवालमा किन नहोस् जहाँपनि लागुहुन्छ। चीनले कुनै बेला ३ हजारमा शुरु गरेको पर क्यापिटाको अर्थतन्त्र अहिले ६ हजारमा पुर्‍याएको छ। अब सरकारले इन्स्योरेन्स कम्पनीले जत्तिकै काम गर्नु जरुरी छ।

अमेरीकाले अहिले आफना राज्यहरुमा इन्स्योरेन्स कम्पनीको भूमिका निर्वाह गर्दैआएको छ। कूल गाह्रस्थ उत्पादनमध्ये ३६ प्रतिशत सरकारी खर्च गर्ने गरेको छ। जसमध्ये स्वास्थ्यमा २२ प्रतिशत  र ६ प्रतिशत विपन्न वर्गका लागि छुट्याउने गरेको छ। धनी हुनुअघि नै बुढो भयो भने समस्या ल्याउछ। जापान धनी भएर बुढो हुने भयो भने चीन धनी नभइकन बुढो हुन थाल्यो। 

नेपालको चुनौति हेर्ने हो भने नेपाल गाँउको देश हो भन्छौं तर अहिले ६० प्रतिशत कथित नगरपालिकामा बस्छन्। हाम्रो जनसांख्यिक बनोट हेर्ने हो भने पिरामिडबाट चंगा खालको भएको छ। यसले लोकतान्त्रिक प्रक्रिया र विकासका सम्भावनालाई पनि चुनौती दिनेभयो। धनी हुनुअघि नै बुढो भयो भने समस्या ल्याउछ। जापान धनी भएर बुढो हुने भयो भने चीन धनी नभइकन बुढो हुन थाल्यो।

अब दश हजार प्रतिब्यक्ति आय नभइकन बुढ्रयौली समाज बनेमा बिकराल समस्या निम्तनेछ। समष्टिगत रुपमा अब कस्तो लोकतन्त्र हुनुपर्छ त भन्दा राजनितिमा उदार, अनुदार होइन। समाजमा समावेशी र समन्यायिक तथा आर्थिक रुपले समुन्नत लोकतन्त्र हुनुपर्छ। 

(राजधानीमा बिहीबार समाजशास्त्रीय समाज नेपालले आयोजना गरेको ' हामीले चाहेको लोकतन्त्र’ संवाद श्रृंखलामा अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्ष  डा. वाग्लेले व्यक्त गरेको विचारको सम्पादित अंश)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ