arrow

मेयर साहको ४८ घण्टे चेतावनी

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ पुष २१ शनिबार
janakpur-mayor.jpg

जनकपुरधाम। जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले शहरी विकास मन्त्रालयले जनकपुरधाममा गरि रहेको विकास निर्माणको कार्यको अनुगमन गरेका छन्। वडा नं. ११ मिल्स एरिया अनुगमनको क्रममा बनाइएको चेम्वरहरु लथालिङ्ग र पानीको निकास समेत गर्न मेयर साहले सम्वन्धित निकायलाई ४८ घण्टा भित्र सुचारु गर्न चेतावनी दिएका छन्।

भूमिगत नालाहरुको बीचमा बनाइएको चेम्वरहरु भत्किएको त कहि टुटफुट भएको पाइएको छ। घरहरुबाट बग्ने पानी सडकमा आएर जाम हुने तथा त्यो पानीको निकास हुन नसकेको पाइएको छ।

अनुगमन गर्दै मेयर साहले पाएका त्रुटिहरुलाई जतिसक्दो छिटो पार्न र चेम्वरहरुमा खसेको इट, बालुवा लगायतका सामग्री निकालेर पानीको निकास दिन सम्वन्धित निकायलाई ४८ घण्टामा गरेर आम जनतालाई राहत दिन भनेका छन्।

विकास निर्माणको कार्यमा भई रहेको प्रगति र त्रुटि दुवैको विषयमा छलफल गरेका थिए। अनुगमनको क्रममा संचारकर्मीहरु संग कुराकानी गर्दै मेयर साहले भने–‘कमजोर काम भई रहेको तथा पानी मुहान छेकिएर सडक अस्तव्यस्त भएको गुनासो आएपछि हामी अनुगमन गर्न आएका हौ।’विकास निर्माणको कार्य कमजोर हुनु परेन उनले भने–‘कही कतै कमजोरी पाइएमा हामी त्यो  कामलाई स्वीकार गर्दैनौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ