arrow

तरकारी तथा फलफुल व्यवसायी संघ गुल्मीको अधिवेशन सम्पन्न

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७५ पुष २१ शनिबार
gulmi-veg.jpg

गुल्मी। जिल्ला तरकारी तथा फलफुल व्यवसायी संघ गुल्मीले आफ्नो तेस्रो अधिवेशन सम्पन्न गरेको छ। शनिबार जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक विशेष समारोहकाबीच अधिवेशन सम्पन्न भएको हो। 

अधिवेशनमा संघका सचिव शंखर मरासिनीले संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। उनले प्रतिबेदन प्रस्तुत गर्दै संस्थाको प्रगतिको बारेमा, संस्थाले अहिलेसम्म गरेको काम, कर्तव्य अनि संस्थाको नयाँ रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।

त्यस्तै, कोषाध्यक्ष बाबुराम पाण्डेले आर्थिक प्रगतिको बारेमा जानकारी गराएका थिए। उनले आर्थिक वर्ष २०७४-०७५ को तीन लाख ३४ हजार २ सय ७२ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले दास्रो अधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि ३ वर्षको अवधिमा गरेका कामहरुको बारेमा अध्यक्ष यमलाल बेलबासे जानकारी गराए थिए।

उनले रेसुड्गाको गर्जूरामा वृक्षरोपण, दजाकोट आगलागी हुँदा गरेको सहयोग एवम् प्रदेश आन्दोलनमा उद्योग वाणिज्य संघ गुल्मीलाई गरेको आर्थिक सहयोग समेत स्मरण गराएका थिए।

अधिवेशनले आगामि ३ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले यमलाल बेलबासेलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गर्दै ११ सदस्यीय कार्य समितिको गठन गरेको हो। जसको उपाध्यक्षमा मनबहादुर बस्नेत, सचिवमा कृष्णप्रसाद पन्थी, कोषाध्यक्षमा भगवति पाण्डे चयन भएका छन।

सदस्यहरुमा सिता केसी, कमला पाण्डे, लुमाकान्त आचार्य, दिपक आचार्य, टेमनारायण पाण्डे, कृष्ण पाण्डे र गोविन्दप्रसाद घिमिरे रहेका छन। जिल्ला निर्वाचन गुल्मीका अधिकृत श्यामलाल पाण्डेको विशेष उपस्थितीमा नयाँ कार्य समिति चयन भएको हो। साथै पाण्डेले नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। अहिलेसम्म यस संस्थामा साधारण साथै आजीवन सदस्य गरी २०३ जना आवद्ध रहेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ