arrow

बेवारिस भेटियो भरुवा बन्दुक

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ पुष २२ आइतबार
banduk.jpg

गुल्मी । जिल्लाको ईस्मा गाउँपालिका ५ ओढाराको खोल्सामा बेवारिस अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ ।

 प्लाष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा बटुवाले भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले बताए । 

शुक्रबार राति प्रहरीले जंगलमा शिकार खेलिरहेको भन्ने सूचना पाएपछि  त्यसको खोजीका लागि शनिबार जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काको नेतृत्वमा गएको टोलीले खोजतलासको क्रममा शनिबार दिउँसो बेवारिस अवस्थामा बन्दुक फेला पारेको हो ।

शुक्रवार राति शिकार खेल्ने क्रममा स्थानीयहरुले प्रहरी आएको थाहा पाएर भाग्ने क्रममा बन्दुक छाडेर गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ