arrow

मनकारी गाउँपालिका अध्यक्षले आफ्नो तलबबाट विपन्न किसानलाई बाँडे बाख्रा 

logo
सीता डोटेल,
प्रकाशित २०७५ पुष २२ आइतबार
bakhra-sahayog.jpg

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ९ ले वडाका किसानहरुलाई सहकारीको समन्वयमा बाख्रा वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको आर्थिक सहयोग र मालरानी बचत तथा ऋण सहकारीको समन्वयमा बाख्रा वितरण गरिएको हो । 

सहकारीमा आवद्ध विपन्न परिवारका १० जना शेयर सदस्यहरुलाई प्रति सदस्य एउटा माउ बाख्रा वितरण गरेको गाउँपालिका अध्यक्ष बस्यालले बताए ।

आयआर्जन र परिवारको समृद्धिका लागि विपन्न घरका सदस्यलाई आत्मनिर्भरताका बनाउन बाख्रा वितरण गरेको हो । 

गाउँपालिकाका अध्यक्ष बस्यालले सामान्य आय भएका किसानहरुलाई व्यवसायिक रुपमा लाग्न आफूले पाएको तलव (पारिश्रमिक) बाट आर्थिक सहयोग गरेको बताए ।

कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन वडागत बिभिन्न योजना अघि सारेको गाउँपालिकाका अध्यक्षले नै किसानहरु समृद्धि भए मात्र गाउँपालिका समृद्धि हुने भन्दै सबै वर्ग र क्षेत्रका किसानहरुलाई आयआर्जमा लाग्न अनुरोध गर्दै आफुले केही सहायोग गरेको बताए ।

स्थानीय सरकारले कृषकहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याएको र आफूले पनि व्यक्तिगत रुपमा विपन्न वर्गका कृषकहरुको उत्थानका लागि आर्थिक सहयोग गर्ने बताउदै आत्मनिर्भर गराउन बाख्रा कार्यक्रम प्रभावकारी बन्न सक्ने बताए । 

वडा अध्यक्ष थानेश्वर तिमिल्सेनाले किसानहरुलाई आयमूलक क्षेत्रमा लाग्न वडा तहबाटै विशेष कार्यक्रमहरु ल्याएको जानकारी दिए । कार्यक्रममा वडा ८ का वडा अध्यक्ष गणेशप्रसाद बस्यालले गाउँपालिकाले नै कृषिलाई प्राथमिकता दिएर अगाडि बढेकाले कृषकहरुलाई व्यवसायिक रुपमा लाग्न आग्रह गरे । 

गाउँपालिका पशु सेवा केन्द्रका प्रमुख अमरबहादुर कार्कीले सरकारले गर्नुपर्ने काम स्थानीय सरकारका प्रमुखले व्यक्तिगत रुपमा गरेको सहयोगको खुलेर प्रशंसा गरे । 

गाउँपालिकालाई मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाई निर्यात गर्ने वातावरण सिर्जना गर्न सबै किसानहरुलाई उनले आग्रह गरे । कार्यक्रममा सहकारीका व्यवस्थापक जीवलाल बस्याल, पत्रकार माधव अर्याल, समाजसेवीहरु मोहनप्रसाद अर्याल, मुक्तिराम बस्याल, पेमा बस्याल लगायतले आ–आफ्ना धारण राखेका थिए । 

सीता घिमिरेको स्वागतबाट शुरु भएको कार्यक्रम सहकारीका अध्यक्ष चिन्तमणि बस्यालको अध्यक्षता र सञ्चालन हरि बस्याल शर्माले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ