arrow

नगर प्रमुखले सार्वजनिक जग्गा निजीकरणको प्रयास गरेको आरोप

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
aalok.jpg

काठमाडौँ । ईन्जिनियर आलोक यादवले सप्तरीको बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले सरकारी जग्गा शक्तिको दुरुपयोग गरी आफ्नो नाममा निजीकरण गर्न खोजेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा सप्तरी जिल्ला बोदे बर्साईन नगरपालिका नगरस्तरीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ई.यादवले यस्तो आरोप लगाएका हुन् ।

उनले नगरप्रमुख आतेश कुमार सिंहको बुवा अनिरुद्धप्रसाद सिंह यादवको नाममा रहेकोे २२ कठ्ठा जमिन हाल वडा कार्यालयले भोगचलन गर्दे आएको तर सो जमिन मेयरका बुवाले मञ्जुरीनामा गर्ने कागज गरेपनि नामसारी नगरेको आरोप लगाए ।
उनले भने,‘सरकारी २२ कठ्ठा जमिन निजीकरणको प्रयास भैरहेको छ, मेयरका हजुरबुवा स्वर्गीय शत्रुधन प्रसाद सिंह यादवले २०२६ सालमा तिन गुणा बढि पैसा लिएर गा.वि.सलाई बेचेका थिए तर जमिन पहिला नै बैँकमा धितो रहेका कारण नामसारी हुन सकेको थिएन ।’

त्यही जमिनको विषयलाई लिएर समितीका सदस्यमाथि सांघातिक आक्रमण र अपहरणको प्रयास भएको भन्दै बोलाईएको पत्रकार सम्मेलनमा पत्रकार दिवाकर शाहले घट्नालाई वास्तविक रुपमा प्रशारण नगरि अलग किसिमबाट मोडेर र पूरा बाईट प्रसारण नगरी आफ्नो चरित्र हत्याको प्रयास गरेको उनले उल्टै आरोप लगाए ।‘सार्वजनिक जग्गाको बिषयमा सत्य–तथ्य सामाचार संकलनको क्रममा पत्रकार दिवाकरले नै बाटो खर्चको माग गरेको तर समाचारमा बाईटलाई काँटछाँट गरेर उल्टै मेरो बद्नामी गर्न खोजेका छन्’–उनले भने ।

आफुले शाहलाई बाटो खर्चबापत दुई हजार रुपैया दिन खोज्दा क्यामेराको अगाडि लिन नमानेको तर बाटोमा निस्केपछि पैसा, पानी र रजनीगन्धा लिएको पनि उनले आरोप लगाए ।अख्तियारमा पनि निवदेन दर्ता गराइसकेको कारण डराउदै मेयरले आफ्नो शक्तिको दुरुपयोग गरी आफूहरुलाई कमजोर पार्न खोजेको उनको आरोप छ।

त्यस्तै कार्यक्रममा बोल्दै संर्घष समितिका सदस्य ई. धनकिशोर शाहले आफुलाई  नगरप्रमुख आतेश कुमार सिंहका केही व्यक्तिहरुले आक्रमण गरेको दाबी गरे ।   सोही नगरपालिकाका कर्मचारी डम्बर यादव, पंकज यादव, सुमन सिंह र दुई जना स्थानिय युवा रुपक भन्ने सुदिप यादव र गौरी भन्ने कमल किशोर यादवले पुष १४ गते दिउँसोको समयमा घर जाने क्रममा आफू सवार गाडीको पिछा गरेर आक्रमण गरी अपहरण प्रयास गरेको पनि उनले स्पष्ट पारे ।

आक्रमणकारीहरु हाल फरार रहेको र प्रहरी खोजी कार्यमा रहेको पनि उनले  जानकारी गराए । सार्वजनिक जग्गा व्यक्तिले हडप्न खोज्दा त्यसको बिरोध गर्दा आफुलाई मेयरले दुःख दिएको उनको जिकिर छ । उनले भने,‘सार्वजनिक जग्गासम्बन्धि विवरण जिल्ला प्रशासन कार्यालयले पनि माग गरेको छ । तर, विवरण दिईएको छैन ।’नेपाल टेलीभिजनको टावर पहिला गा. वि. स.को सम्झौतामा रहेको तर अहिले आएर मेयरकी आमाले आफ्नो किसमबाट सम्झौता नविकरण गराएको उनको आरोप रहेको छ ।

कार्यक्रममा बोल्दै अर्का वक्ता ईं अशोक कुमार शाहले सरकारी जमिन कुनै व्यक्तिको नाममा नजाओस भन्दै आफुहरुले संर्घष समितीको गठन गरेको तर त्यसमा प्रत्यक्ष असर पार्न खोजेको आरोप लगाए । ‘हामी जनता हौं, त्यो जनताको सम्पक्ति हो, जसलाई जनताको नाशोको रुपमा भोगचलन होस भन्ने हाम्रो माग रहेको छ ।’–उनले भने ।

सप्तरी जिल्ला वोदे वर्साईन नगरपालीका वडा नम्बर ५ स्थित् वडा कार्यालयले भोगचलन गर्र्दे आएको सम्पति र भौतिक संरचनाहरु (वडा कार्यालयकोमा कृषि सेड, पशुसेवा भवन, पोखरी, नेपाल टेलिकमको टावर, गोरु हाट) लगायतको सम्पति नगरपालीकाको मेयर आतेश कुमारसिंहको आमा–बुवाको नाममा रहेको संघर्ष समितिको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ