arrow

राष्ट्रिय खेलकुद टिममा सहभागि टिमलाई बुद्धभुमी नगरपालिकाले गर्‍यो विदाई

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ पुष २२ आइतबार
buddhabhumi1.jpg

कपिलवस्तु पौष ।  यहि पौष २४ देखी २८ गते सम्म विराटनगरमा हुन लागेको राष्ट्रपति कप जुनियर इन्टरनेसनल व्याटमिन्टन च्याम्पेन्सीप खेलको लागी नेपालको टिम वाट छनौट भएका खेलाडी तथा कोचलाई  विदाई गरिएको छ ।

बुद्धभुमी नगरपालिकाको हलमा एक कार्यक्रम गरी नेपालको राष्ट्रिय टिमवाट छनौटमा पर्न सफल कपिलवस्तुका ३ जना खेलाडिलाई विदाई गरिएको हो । बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले खेलाडीलाई नगद रु १० हजार सहित शुभकामना सहित विदाई गरेका हुन् ।

कपिलवस्तुबाट राष्ट्रिय टिममा १५ वर्ष तल उज्जवल श्रेष्ठ, रोहित वराल छनौटमा परेका छन् भने  १९  वर्ष तलको खेलाडीमा  लिमिन वेल्वासे  छनौट भएका छन् । राष्ट्रिय कोच राजेश शाक्यका अनुसार विराटनगरमा हुने खेलमा नेपाल सहित  १६ देशले भाग लिदै छन्  ।

खेलाडी तथा कोचलाई विदाई गर्दै बुद्धभुमी नगर पालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपाली राष्ट्रिय टिममा परेर कपिलवस्तुको नाम राख्न सफल खेलाडीलाई खेल सफलताको शुभकामना दिए । राष्ट्रिय टिमवाट गेममा विजेता हासिल गरी पुन जिल्लाको नाम चिनाउन सफलता मिलोस भनि शुभकामना दिएका थिए ।

बुद्ध भृकृटि व्यामिन्टल वुड्डीका अध्यक्ष हिम बहादुर थापा मगरको अध्यक्षता ,बुद्धभुमी  क्लवका सचिव  सन्तोष श्रेष्ठको संचालनमा भएको कार्यक्रममा  ,दिपक पाण्डेय क्षेत्री लगायतले शुभकामना दिएका थिए । विदाई सगै कपिलवस्तु वाट खेलाडीको समुह विराटनगर प्रस्तान गरेको सहभागि खेलाडीका कोट राजेश शाक्यले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ