arrow

मर्जादपुरबाट काठमाडौंको लागि रात्रीकालिन यातायात सुरु

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
Bus-new-delhi.jpeg

कपिलवस्तु । जिल्लाको दक्षिणी भारतसंग जोडिएको सिमा नाका मर्जादपुरबाट काठमाडौंको लागि रात्रीकालिन यातायात सेवा सुरु गरिएको छ । हालसम्म तौलिहवा क्षेत्र मात्र यातायात सुविधा रहेकोमा आइतवारदेखी यशोधरा गाउंपालिका वडा नं ७ खुनुवा बजार अर्थात मर्जादपुर नाका वाट यातायात सुरु गरिएको हो ।

पश्चिम नेपाल बस यातायात समितको बसको शुभाराम्भ गर्दै नेपाली कांग्रेसका पूर्व पार्टी सभापति सुधाकर पाण्डेयले भारतबाट नेपाल आउने तथा सिमा क्षेत्रमा रहेका जनतालाई घर तथा गाउं नजिकैवाट काठमाडौं जानको लागि सहजता पुगेको बताए । पछाडी परेको यो क्षेत्रमा यातायात संचालन सगै निरन्तरताको लागी यातायात व्ययसायीले ध्यान दिनु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा वोल्दै यशोधरा गाउंपालिकाका  अध्यक्ष गिरिजेश कुमार पाण्डेयले सिमामा रहेका नेपालीलाई काठमाण्डौ जान टिकट लिन र घर फर्कन तौलिहवा जान पर्ने समस्या वाट छुट मिल्ले बताए । साथै यस क्षेत्रबाट दिवाकालिन तथा रात्रिकालिन बस संचालन गर्नको लागि गाउंपालिकाले सहयोग गर्ने बताए ।

सो अवसरमा वडा नं ७ का  वडा अध्यक्ष  चन्द्रप्रकाश  दुवे , बस व्यवसायी समितिका सचिव रामचन्द्र भुषाल,सुरेन्द्र श्रेष्ठ, रुट सदस्य लिला खरेल , दिपक प्रछाई , नमस्ते कपिलवस्तुका कुमार खड्का, प्रहरी चौकी इन्र्चाज टोम बहादुर खत्री  लागायतले यातायात सफलताको शुभकामना दिएका थिए । कार्यक्रम संचालक दिनेश कुमार पाण्डेयले गरेका थिए ।  

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ