arrow

जुम्ला हिमपातले सेताम्य, किसान दंग

logo
ईश्वरीप्रसाद देवकोटा, 
प्रकाशित २०७५ पुष २३ सोमबार
himpat1.jpg

जुम्ला। जुम्लामा अत्यधिक चिसो बढे पनि हिमपात हुँदा किसानहरु खुशीले दंग भएका छन् । हिमपातले जुम्ला सेताम्य भएको छ । विगतका वर्षहरू भन्दा यस वर्ष ढिलो हिउँ परेको हो। बिगतका वर्षहरूमा मंसिर अन्तिम सातादेखि पुषको पहिलो सातासम्म हिमपात हुनुपर्ने भए पनि यस पटक भने पुसको अन्तिम सातामात्रै हिउँ परेको छ।

जलवायु परिवर्तनका कारणले ढिलो हिउँ पर्न थालेको हो। ढिलै भएपनि जुम्लामा परेको हिउले यहाँको हिउँदेबाली सप्रने आशा कृषकले गरेका छन्। हिमपातसंगै बढेको चिसोले स्थानियको दैनिक जीवन भने निकै कष्टकर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले अझै हिमपात हुने क्रम जारी रहने बताएको छ। वर्षासमेत हुँदा विभिन्न ठाउँमा चिसो बढोको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार राति देशको पश्चिमी भू–भागमा पूर्ण बदलीसहित केही स्थानमा हल्का वर्षा भएको जनाएको छ । त्यसैगरी केही पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि यो प्रक्रिया जारी रहने बताएको छ । 

यस्तो छ तीन दिनको पूर्वानुमान –
पुस २३ गते सोमबार–

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

 रातिः देशको पश्चिमी भू–भागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहने देखिन्छ । मध्य र पूर्वी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

पुस २४ गते मंगलबार–

दिउँसोः देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । 

रातिः देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । 

पुस २५ गते बुधबार–

 दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । 

 रातिः देशभरि नै  मौसम सामान्यतया सफा रहने देखिन्छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ