arrow

डडेल्धुरामा भीषण आगलागी, नौ पसल जले, एक जना पक्राउ

आगो लगाउने पीडितको आफन्त

logo
टेकराज अवस्थी 
प्रकाशित २०७५ पुष २३ सोमबार
aag.jpg

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा फेरि भीषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ मूख्य बजार बागबजारको बगरकोटमा मध्यराति १२ः३० बजे आगलागी हुदाँ ९ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
  
आइतबार रातिको आगलागीसहित चार पटक भएको आगलागीले ब्यापारी ससंकित भइरहेका बेला आगो लगाउने एक जनालाई डडेल्धुरा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिएका छन् ।
 
पक्राउ परेका ब्यक्तिको नाम ठेगाना प्रहरीले नखुलाए पनि आगलागी पीडितका आफन्त नै रहको बताएको छ । उनले आगो लगाएको प्रहरी सामु स्वीकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए । 

आगलागी करिब २ घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो ।

सधैजसो आगलागीका घटना हुनु रहस्यमय भएको स्थानीय व्यापारीहरुले भनाई छ । उच्च सुरक्षा सतर्कता अपनाउन व्यापारीहरुले माग गरेका छन् ।

 गत हप्ता मात्र डडेल्धुरामा लगातार ३ पटक  आगलागीमा ५ पसल जलेर नष्ट  हुँदा  करिब ८७ लाख बराबरको क्षति भएको थियो । दुई हप्तामा डडेल्धुरामा १४ पसल जलेर नष्ट भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ