arrow

नदीमा अबैधरुपमा ढुङ्गा उत्खनन् कार्य वढ्यो, रोक्ने दायित्व कसको ?

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ पुष २३ सोमबार
nadi-dohan.jpg

लम्की । कैलालीका बिभिन्न स्थानिय खोला तथा नदीबाट अबैध रुपमा ढुङ्गा, बालुवा गिट्टी उत्खनन हुन थालेको ब्यापक जनगुनासो आएपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । 

स्थानिय खोलानालाबाट नदिजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन् हुन थालेको ब्यापक जनगुनासो आएपछि यस क्षेत्रका स्थानियतहका प्रमुख र बनका कर्मचारीले आईतवार संयुक्त अनुगमन गरेका हुन् । 

मापदण्ड विपरित स्थानिय खोला नालाबाट अबैध रुपमा ढुङ्गा, बालुवा गिट्टी उत्खनन् हुन थालेपछि स्थानियले चिन्ता गरेसंगै स्थानियतहका प्रमुख र वनका कर्मचारीले संयुक्तरुपमा अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा जिल्लाको कर्णालीनदी, गोराङ्गे, बल्चौर, धोबेनी रोरा लगायतका खोलाबाट मापदण्ड विपरीत उत्खनन भैरहेको पाईएपछि यसलाई तत्काल रोक्नको लागि पहल आवश्यक भएको ठहर गरेका छन् ।

स्थानिय तहले आफैले आईएई गरी ठेक्कापट्टा दिएकाले यस्तो अबैधरुपमा उत्खनन् गर्ने ठेक्केदारको ठेककारोक्न अग्रसर हुनु पर्ने बन डिभिजन कार्यालय पहलमानपुर कैलालीका डिभिजन बन अधिकृत दिपक ज्ञवालीले बताए । तर स्थानिय तहले कागजमै लेखेर नदीमा स्काभेटर प्रयोग गर्न दिने अनुमति दिएपछि कसले रोक्ने भन्ने थप अन्यौलता बढेको छ । 

उनले अघिल्लो बर्षको तुलनामा सतहको आकार बृद्धि भए नभएको अध्ययन गरी आईएई रिपोर्ट बनाउनु पर्ने ठाउँमा राज्यको सम्पत्तिको दोहन हुनेगरी भएका ठेक्काले नदिको तटिय क्षेत्रमा रहेका जानकी गाउँपालिका र टीकापुर नगरपालिकालाई समेत असर पर्ने भएकाले अबैध उत्खनन् रोक्नुको विकल्प नभएको बताए ।

स्थानियतहले ठेक्का दिँदा भएको सम्झौता विपरीत ठेकेदारले नदिजन्य पदार्थ उत्खनन् मात्र गरेनन्, प्रदेश भन्दा बाहिरसमेत अबैध रुपले निकासी गरिरहेको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाइको आरोप छ । 

अबैधरुपमा उत्खनन् गर्नेलाई तत्काल कारबाहिका लागि सरोकारवालासंग साथ र सहयोग दिन आग्रहसमेत गरेको बताउँदै नगर प्रमुख बजगाईले पहिलो पटक ठेकेदारसंग छलफल गरिने र फेरि गल्ति दोहोरिए जानकी गाउँपालिकासंग समन्वय गरी कारबाहिका लागि अगाडि बढ्नेसमेत नगर प्रमुख महादेब बजगाईले चेतावनी दिए ।  

जानकी गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले भने संघिय सरकाले स्पष्ट निति ल्याउन नसकेका कारण स्थानिय सरकारलाई समस्या परेको गुनासो गरेका छन् ।  नदिजन्य पदार्थको सहि ब्यवस्थापन हुन नसके ठेक्का नै रोक्का गरी नयाँ विधि अपनाएर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

हुनत स्थानिय तह र ठेकेदारबीच ठेक्का सम्झौता हुँदासमेत तोकिएका पोईन्टबाट मात्र उत्खनन् गर्न पाउने र अन्य ट्याक्टर र व्प्यवसायी जाँदा ठेकेदार कम्पनी संग समन्वय गर्नु पर्ने उल्लेख छ । तर नियम विपरीत ट्याक्टरले उत्खनन् गरेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्राईको भनाई छ । 

संघिय सरकार र स्थानिय तहबीच तथा अन्य सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा नदिजन्य पदार्थ उत्खनन्मा जटीलता थपिदै गएको छ । 

यसको बेलैमा उचित ब्यवसथापन हुन नसके दर्जनौं बस्तीहरु बाढी र डुवानामा पर्ने निश्चित छ भने राष्ट्रिय गौरबको आयोजना रानी, जमरा, कुलरीया कुलोमा समेत असर पर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ