arrow

विदेशबाट फकिएपछि भैँसी पालन गरेर घिमिरेले गरे मासिक ३५ हजार आम्दानी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ पुष २३ सोमबार
bufflow.jpeg

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ९ लुम्फाबुङका यूवा युवराज घिमिरे वैदेशिक रोजगारी बाट फर्किएपछि अहिले आफ्नै गाउँमा भैसी पालन गरेर स्वरोजगार बनेका छन् । ०६६ सालमा ६ महिना कतार बसेर फर्केका घिमिरले अहिले भैसीको दूध विक्री गरेर मासिक ३५ हजार रुपैया आम्दानी गर्दछन् ।

विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै पनि परिश्रम गर्दा आम्दानी गर्न सकिने भएको हुँदा नेपाल फर्किएर भैँसी पालन तर्फ लागेको उनी बताउँछन् । उनी भन्छन्,“ विदेशमा गएर कडा परिश्रम गर्नुभन्दा स्वदेशमै केहि गर्न सकिन्छ भनेर नेपाल फर्किएको हुँ,नराम्रो काम हुँदा पनि त्यहाँका यूवाहरु घरपरिवारमा आफू राम्रो काम गरेको भनेर घरपरिवारलाई ढाट्ने गरेका छन्,तर त्यहाँ विदेशमा गर्ने दुख नेपालमै गर्न सकियो भनेर विदेशमा जति नेपालमै कमाउन सकिन्छ ।”

 अहिले उनले पालेका ३ वटा भैँसीले मासिक २० लिटर दूध दिनेगर्दछन् । घरमै डायरी समेत चलाउने हुँदा उनले दूधको अलवा,क्रिम तथा छुर्पी समेत विक्री गर्दछन् ।

अहिलेसम्म राज्यले आफूलाई कुनै पनि सहयोग नगरेको उनी गुनासो गर्दछन् । भविष्यमा अझै भैँसी थप्ने साथै गाउँमा बेरोजगार यूवायूवतीलाई ब्यवसायिक पशुपालनबारे आर्कषण गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ