arrow

संघीय सांसदको निर्देशनमा रोकियो स्थानीय सरकारको सडक निर्माण

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
lalbahadur.jpg

बाजुरा । बाजुरा जिल्लाबाट निर्वाचित संघीय सांसद लालबहादुर थापाको निर्देशनमा सदरमुकाम मार्तडीमा निर्माणाधीन सडक निर्माण रोकिएको छ । बडीमालिका नगरपालिकाले आ.व. २०७४/०७५ देखि पटक पटक स्थानीय जग्गाधनी र घरधनीसंगको छलफल र सल्लाहमा सडक निर्माण थलिएको तर माननीयको घर अगाडि पुग्दा सडक अवरुद्ध गरिएको छ ।

पौष मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी डी. वि. कन्स्ट्रक्सन एण्ड सप्लायर्ससंग गरिएको सम्झौता बमोजिम यही पौष मसान्तमा सकिँदै गर्दा यस्तो अवरोधले झन समस्या थपिएको नगरपालिकाले जनाएको छ । गौँडा डिलदेखि खुला मंचसम्मको सडक क्षेत्रमा निर्मित माननीयको घर आफूलाई कानूनको व्याख्याता भन्ने व्यक्तिले नक्सा पास बिनै बनाएको देखिन्छ ।

बाजुरा जिल्ला विकास सभापति समेत भई सकेका व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थलाई लिएर जनताको विकास अवरुद्ध गर्नु न्यायिक नभएको स्थानीयको गुनासो रहेको छ । मार्तडीबाट श्रीमतीले फोनबाट गुनासो गरेको भरमा राजधानीमा बसेर नेकपा जिल्ला अध्यक्ष भरत थापा सहितको झुण्ड नगरपालिकामा पठाई काम रोक्न लगाएको छ ।  आफ्नो घरको ढोका भन्दामाथि सडक जाने भयो भन्ने हावादारी आरोप लगाएर सडक अबरुद्द गराउने र प्रमुख जिल्ला आधिकारीको निर्देशनलाई समेत अवज्ञा गरी सडक निर्माण रोक्न लगाएको हो ।

एक तिहाईको सरकार हामीसंग छ भन्दै स्थानीय सरकारको बाध्यतालाई लत्याएर काम रोकिएको छ । सडकको समस्या समाधान गर्न मिति २०७५ पौष १७ गते नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, राजनैतिक दल सहितको उपस्थितिमा सर्वपक्षीय बैठक गरी इस्टिमेट गर्न छुटेको भए थप गर्न नगरपालिका तयार हुँदा हुँदै पनि यसरी निर्माण रोक्नु दुर्भाग्य हो ।

 बजारको ढल समेत भत्काएको हुनाले निर्माण प्रभावित भए बर्खायाम बजारमा हिलै हीलो हुने चिन्ता बजारबासीको छ । यदि समयमै निर्माण सकिएन भने मार्तडी बजार बस्न लायक नहुने छ भने कानून निर्माता सांम्सद बाटै यस्तो घटिया हर्कत हुनु अशोभनीय देखिन्छ । बिकास निर्माण हुँदा सामन्य विनाश र विवाद हुनु स्वभाविक हो तर नगर सरकारले मूवब्ज्जा दिएर निकै लचकता देखाउँदा पनि यस्तो अवरोध हुनु विकास विरोधी नियत देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ