arrow

बुद्धका पिता राजा शुद्धोदनको राजदरबार तिलौराकोटमा उत्खनन् गरिदै

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ पुष २३ सोमबार
tilaurakot.jpg

कपिलवस्तु । बुद्धका पिता राजा शुद्धोदनको राजदरबार तिलौराकोटमा उत्खनन कार्य सूरु गरिएको छ । यस पटक उत्खन गर्दा निकै सुक्ष्म तरिकाले अध्ययन अन्बेशषण गर्ने गरिने बताइएको छ  । बेलायतको दुर्हम विश्व विद्यालय, पुरातत्व विभाग र लुम्बिनी बिकास कोषका बिज्ञ तथा पुरातत्वबिद्को टोलीले सोमवार देखि बिधिवतरुपमा  उत्खननको कार्य सुरु गरेका  हुन । अत्याधुनिक प्रबिधिका उपकरण प्रयोग गरेर पुरातात्विक मुल्य मान्यता अनुसार उत्खनन् थालिएको  हो ।

टोलीले तिलौराकोट प्रवेश गर्दा साथै प्राचीन शहरको झझल्को दिने गरि उत्खनन गर्ने बताएको छ । उत्खननमा जापानिज फण्ड ईन ट्रस्ट,युनेस्को र जापानिज नागरिक कसाईको सहयोग रहेको छ ।राजा शुद्धोदनको राजदरबार तिलौराकोटमा टोलीले सरोकारकावला बिच राखेको अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले जानकारी दिए यस पटक पनि बैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण,, भुभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसंधान गरिने उनले जनाए ।  

यस्तै कपिलवस्तु संग्रालयको समेत स्तरउन्नती गरिने छ । विभाग र कोषले सन २०१२ देखि उत्खनन र अनुसंधानको कार्य थालेको थियो । यस अघि जापानिज फण्ड ईन ट्रस्टको सहयोगमा लगतार ४ बर्ष देखि उत्खनन गरिएको थियो । यस बर्ष जापानीज नागरिक कसाईको सहयोग रहेको छ ।  अहिले सम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थातिप गराउन धेरै मद्दत मिलेको पुरात्वद तथा उत्खनन परियोजनाका सह संयोजक कोष प्रसाद आचार्यले बताए ।

 तिलौराकोट भित्र र बाहिर गरिएको बैज्ञानिक अध्ययनबाट निकै उपब्धी मिलेको उनले बताए । ‘ तिलौराकोटमा भेटिएका पुरातात्विक बस्तुहरुले यसको ऐतिहासिक प्रमाणिकताको क्रमशः पुष्टी हुदै गएको छ ’ उनले भने । तिलौराकोटमा बुद्धकालीन सयम भन्दा अघि एउटा सुन्दर शहर रहेको धमाधम प्रमाणहरु फेला पर्नुलार्इै राम्रो संकेत मानिएको उनले बताए । उत्खनन र अन्वेशणको आउने अन्तिम प्रतिबेदनले तिलौराकोटको ऐतिहासिकताको टुंगो लाग्ने उनले बिश्वास ब्यक्त गरे । सन् १९६२ मा भारतीय पुरातत्वबिद् देबला मित्राले तिलौराकोटमा उत्खनन गरी दोस्रो सताब्दीको शहर भएको प्रतिबेदनमा उल्लेख गरेकी थिईन । उनले नै उत्खनन गरेका स्थानको थप उत्खनन गरी अध्ययन गरिए पछि सातौ  शताब्धीको प्राचीन खाबोको प्वालहरु भेटिएको दुर्हम विश्व विद्यालयका प्रोफेसर रबिन कनिङघमले बताए । बिगत ३ बर्षको कार्यबाट तिलौराकोट प्राचीन शहर रहेको पुष्टी भएको उनले बताए।

‘ तिलौराकोटलाई बिश्व संपदा सुचीमा राख्न प्रस्तावित गरिएको छ, यसकोलागि आवश्यक प्रमाण र कागजातहरु जुटाउने काम समेत गर्ने बताइएको छ । अगामी ४ बर्ष भित्र तिलौराकोटको संरक्षण गरी हेर्न लायक ठाउ बनाईने बताइएको छ  । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले जारी उत्खननले तिलौराकोटको ऐतिहासिकता पुष्टी हुदै जाने बताए । उनले तिलाराकोटमा एक दुई महिना भित्र बहद सरसफाई गरी सुन्दरीकरण गरिने बताए । कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश सदस्य बिष्णु पन्थी,दिर्घनारायण पाण्डेय धर्मवहादुरलााल श्रीवास्तव लगायतले  तिलौराकोटको विकासमा अब ढिलाई गर्न नहुने र यसको विकासकालागि आफुहरुले जोडदाररुपमा आवाज उठाउने बताए ।

सो अवसरमा प्रजिअ अर्जुज प्रसाद पोख्रेलले ३ वटा बुद्धको कर्मथलोकारुप रहेको प्राचिन कपिलवस्तुको विकासमा सबैले हातेमालो गर्नु पर्ने बताए । उत्खनन् टोलीमा २० बढी बिदहरु छन । त्यस्तै त्रिभुवन विश्वविद्यालय स्नाकोत्तरमा कल्चर बिषय अध्ययनरत बद्यार्थी र लुम्बिनी विश्व विद्यालयमका बिद्यार्थी पनि सहभागी हुने छन् । तिलौराकोट राजा शुद्धोदनको राजदरवार तथा भगवान गौतम बुद्धले २९ वर्षको युवा अबस्था विताएको स्थलका रुपमा र कन्थक स्तुपा बुद्धले चढने घोडको समाधी स्थलकारुपमा मानिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ