arrow

झुटा विवरणहरु पेश गरेर अनुदान लैजानेलाई फिर्ता गर्न आग्रह

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७५ पुष २४ मंगलबार
gulmi-punanirman.jpeg

गुल्मी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय तम्घास गुल्मीले झुटा विवरणहरु पेश गरेर अनुदान लैजानेलाई फिर्ता गर्न आग्रह गरेको छ । 

२०७२ सालको भुकम्प पश्चात घरबारबिहीन भएकाहरुलाई सरकारले निजी आबास निर्माणका लागि रु ३ लाख रुपैयाँ दिने भएपछि यदि कसैले झुटा विवरणहरु पेश गरेर अनुदान लिएको भएमा अनुदान रकम फिर्ता गर्न आग्रह गरेको हो । 

कार्यालय प्रमुख पारस पन्थीका अनुसार भुकम्पबाट क्षतिग्रस्त भएको घरबाहेक अन्य ठाउँमा बस्न योग्यहरु भएमा, पीडितले एक वा सो भन्दा बढी स्थानबाट अनुदान लिएमा अनुदान रकम फिर्ता गर्न आग्रह गरेको जानकारी दिए । 

यदि झुटा विवरणहरु पेश गरी अनुदान रकम लिने, फिर्ता गर्न आग्रह गर्दा पनि अनुदान रकम फिर्ता नगरे सो रकम सरकारी बाँकी सरह असुलउपर गरिने प्रमुख पन्थीले जानकारी दिए । 

पन्थीले जिल्लामा कुल लाभग्राही चार हजार १४४ मध्ये तीन हजार ९३४ जनाले अर्थात् ९४.९३ प्रतिशतले पहिलो किस्ता  लिएको, एक हजार ९०२ जनाले अर्थात ४५.८९ प्रतिशतले दोस्रो किस्ता लिएको र अन्तिम किस्ता लिनेमा ७३० अर्थात् १७.६१ प्रतिशत रहेकाले झुटा बिबरणहरु पेश गरि अनुदान लिएको जानकारी गराए । 

उनले कार्यालयमा एक हजार ७१४ जनाको गुनासो दर्ता भएकोमा ५४३ वटा फस्र्यौट भएकोमा १२ लाभग्राही रहेको, १०९ प्रबलीकरणमा रहेको, ४५२ जनाको स्थान प्रमाणीकरण गर्नुपर्ने र ४० जनाको अन्य स्थानमा घर भए नभएको स्थानीय तहबाट प्रमाणीकरण गराउनु पर्ने भएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ