arrow

ज्यान मुद्धाका अभियुक्त पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ पुष २४ मंगलबार
thief.jpg

स्याङ्ज। १४ बर्ष अगाडी साविक तुलसीभञ्याङ् १ सिजाखर्कका सोमबहादुरलाई हत्या गर्ने ठगबहादुर राना भन्ने थमनबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ। २०६१ साल कात्र्तिक ६ गते सोमबहादुरलाई साईकलको चेन, लाठी र दाउरा प्रयोग गरि थमनले घाईते बनाएका थिए। सोमबहादुरको उपचारका लागि पाल्पा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो।

प्रहरीले थमनबहादुरलाई रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ७ सेमरा भन्ने स्थानमा लुकीछिपी बस्दै आएका बेला पक्राउ गरेको हो। थमनबहादुरलाई जिल्ला आदालतबाट म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ