arrow

नगरलाई अब्बल बनाउदै भीरकोट, पाँच बर्षमा उत्कृष्ट नगर बन्ने

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ पुष २४ मंगलबार
virkot.jpg

स्याङ्जा। स्थानीय तहको निर्वाचन भएको करिब डेढ वर्ष हुँदा समेत सरकारले आवश्यक कानुन नबनाउँदा र जनप्रतिनिधिमा कार्य अनुभवको अभाबमा बेथिती मौलाउँदै गएको सन्दर्भमा स्याङ्जाका ११ स्थानीय तह मध्ये भीरकोट नगरपालिकाले आफूलाई संस्थागत र विकासमा निरन्तरता दिर्दै अब्बल बन्ने दौडमा रहेको छ।

नगरपालिकाले पछिल्लो १ वर्षमा अवधिमा ७ करोड ८० लाखको लागतमा आफ्नै भवन बनाउन शुरु गरेको छ। करिब ३ महिना अघिबाट निर्माण कार्य शुरु भएको भवनको झण्डै २ करोड २५ लाखमा डिपीसि सकिएको नगरप्रमुख छायाँराम खनालले बताए। उनका अनुसार भवन १८ महिनामा सक्ने सम्झौता भएपनि निर्माण कम्पनीले १ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने तयारी गरेको छ।

“नगरपालिकाको स्वामित्वमा रहेको ४ रोपनी जग्गा मध्ये डेढ रोपनी जग्गामा भवन निर्माण शुरु भएको छ।” नगरप्रमुख खनालले भने, “भवन अत्याधुनिक ३ तले २६ कोठे हुनेछ।” फिलहाल नगरपालिकाबाट नागबासीले प्राप्त गर्ने सेवा आफ्नै भवन परिसरबाट दिन सक्ने गरि भवनको डिजाईन गरिएको खनालले बताए।

नगरपालिका बनेको र निर्वाचित प्रतिनिधि आएको छोटो समयमै नगरपालिकाले सुविधा सम्पन्न आफ्नै भवन बनाउनुका साथै नगर क्षेत्रका सवारी साधनको व्यस्थापन गर्न १० वर्षका लागि १४ रोपनी जग्गा भाडामा लिएर बसपार्क बनाएको छ।

बजार नजिक सरकारी जग्गाको अभाबमा जग्गा भाडामा लिएर बयरघारी बजारमा बसपार्क निर्माण कार्य शुरु गरिएको खनालको भनाई छ। यता स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ५५ मा गाउँपालिका तथा नगरपालिकाको वित्तीय अधिकार क्षेत्र अन्र्तगत  एकीकृत सम्पत्ति करको व्यवस्था गरे अनुरुप नगरपालिकाले नगर क्षेत्रका ९ वटै वडा मार्फत एकीकृत सम्पत्ति कर संकलन गरेको नगर उपप्रमुख सिमा कर्माचार्य के.सी.ले जानकारी दिईन्। चालु आर्थिक वर्षदेखि शुरु भएको सम्पत्ति कर वडाबाटै उठाउन शुरु गर्ने जिल्लाका सबै स्थानीय तह भन्दा आफूहरुको पहिलो रहेको उनको दाबी छ।

नागरिकलाई लगाएको कर संकलनमा मात्र नगरपालिका अगाडी मात्र होईन उपप्रमुख केसीले भनिन, “नगरपालिकालाई खर्च व्यवस्थापन गर्न समेत हस्तलेखित कार्यलाई बन्द गरिएको छ।” उनका अनुसार सबै वडालाई ईमेल, ईन्टरनेट सेवा, फ्रि वाईफाई सेवा प्रबाह गरिएको छ। उनले भनिन्, “आधुनिक जमानामा सरकारी सेवालाई पनि आधुनिक बनाउने योजनाका साथ हस्तलिखित कार्यलाई बन्द गरिएको हो।” 

हरेक स्थानीय तहको मुख्य समस्या रहेको फोहोरमैला व्यवस्थापनमा समेत भीरकोट पृथक रहेको छ। नगरपालिकाले न्यूनतम सरकारी मुल्यमा ३६ लाखको लागतमा २० रोपनी जग्गा खरिद गरेर फोहोरमैलाको व्यवस्थापन गर्न लागेको नगरका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाले बताए। “जग्गा खरिद गरेर आवश्यक पूर्वाधार बनाउने तयारीमा गरेका छौं।” उनले भने, “फोहोर संकलनलाई व्यवस्थित बनाउन डसबिन वितरण र व्यवस्थापनको सचेतना फैलाउ“दै आएका छौं।” नगर क्षेत्रका सार्वजनिक स्थानमा जथाभाबि फालिएको फोहोर संकलन गरेर नगरपालिकाले फोहोर बिक्री गरे बापत ५४ हजार राजश्व समेत संकलन गरिएको ढुङ्गानाले जानकारी दिए।

नगरलाई तरकारीमा आत्मनिर्भर बनाउने अभियान अन्र्तगत ‘एक घर, एक करेसाबारी’ नारा अगाडी सारिएको छ। अभियानलाई सार्थक बनाउन नगर क्षेत्रका ९ वटै वडामा बिउ खरिद गरि  एक÷एक नर्सरी स्थापना गरिएको छ। “स्थानीयलाई आवश्यक परेको तरकारीका बिरुवा हामी दिन्छौं।” नगर प्रबक्ता दिपेन्द्र केसीले भने, “विषादीको प्रयोग विना उत्पादन र घरमै उपभोगको नीतिलाई लिएर अभियान संचालन गरिएको छ।”

“अभियानले भीरकोट नगरबासीलाई तरकारीमा आत्मनिर्भर मात्र नभएर स्वच्छ र दीर्घजिवि बनाउ“छ।” वडा नं. ७ का अध्यक्ष शेषकान्त अर्यालले भने, “एक घर, एक करेसाबारीको अवधारणालाई आन्त्मसाथ नगर्नेलाई वडा कार्यालयबाट प्रदान गरिने सरकारी सेवाबाट समेत बञ्चित गर्ने शैलीमा अगाडी बढ्ने रणनीति बनाईएको छ।”

अभियानलाई सार्थक बनाउन भीरकोटका जनप्रतिनिधि जस्तो सुकै जोखिम लिन समेत तयार रहेको उनको भनाई छ। “नगरपालिकाभित्र घरमा हुने सुत्केरीको संख्या शुन्यमा झार्ने तयारी अन्र्तगत हरेक गर्भवतीलाई अण्डा दिने व्यवस्था गरेका छौं।” नगरप्रमुख खनालले भने, “हरेक गर्भवतीले स्वास्थ्य चेकजा“च गर्न स्वास्थ्य संस्थामा आएपछि सुत्केरी नहुँदासम्म अण्डा पाउने गरेका छन्।” अधिकांश वडामा स्वास्थ्य चौकी रहेपनि नभएका वडामा स्वास्थ्य चौकी बनाउने तयारीमा रहेको उनले जनाए।

नगरका प्रत्येक वडाहरु सडक संजालमा समाबेश भएका छन्। नगर क्षेत्रका अधिकांश सडक वर्षमा सहज रुपमा १० महिना संचालन हुन्छन्। नगरपालिकाले छोटो समयमा नगर क्षेत्रका कच्ची हुन वा पक्की सबै घरको अभिलेख राख्ने व्यवस्था गरिएको प्रशासकिय अधिकृत ढुङ्गानाले बताए।

उनका अनुसार नगरको करिब ८० प्रतिशत स्थानीय आधारभूत खानेपानीको व्यवस्था गरिएको छ। नगर क्षेत्रका करिब ९६ प्रतिशत बालबालिका विद्यालय जाने गरेको नगरपालिकासँग तथ्याङ्क रहेको छ। जिल्लाका ११ स्थानीय तह मध्ये ६ गाँउपालिका र ५ नगरपालिका रहेका छन्। ति मध्ये सबै भन्दा बढी पर्यटकीय सम्भावना बोकेको नगरपालिकाका रुपमा भीरकोटलाई चिनिदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ