arrow

श्रीमानद्वारा श्रीमतीको हत्या, निष्पक्ष छानबिन गर्न माग 

logo
मुरली गोडिया,
प्रकाशित २०७५ पुष २४ मंगलबार

गुलरिया। बर्दियाको सदरमुकाम गुलरियामा श्रीमानले आफनै श्रीमतीको हत्या गरेका छन्। गुलरिया नगरपालिका वडा नं ५ निवासी २७ वर्षिया शुष्मा कुँवर बोहराको सोमबार राती अन्दाजी ११:३० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ। आफ्नै घरभित्र मृत भेटिएकी २७ वर्षीया शुष्मा कुँवरको हत्यामा संलग्न रहेको भन्दै मृतकका श्रीमान् ३५ वर्षीय मोहन बोहरालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको छ। मृतक शुष्मा कुँवरका श्रीमान् मोहन बोहरा नेपाली सेनामा कार्यरत रहेका छन्। यसैबीच सो घटनाको निष्पक्ष छानबिन गर्न बर्दियाका अधिकारकर्मीले प्रेस विज्ञप्ती जारी गर्दै जोडदार माग गरेका छन्। टोल छिमेकका तथा नजिकका आफन्तहरुका अनुसार मृतक शुष्माले विहे भए देखी नै आफना श्रीमान तथा सासु ससुराबाट चरम यतना सहदै आइरहेकी थिइन्।

गएराति उनका श्रीमान मोहन बोहराले अफनी श्रीमतीलाई दाउरा लगायत अन्य हतियार प्रयोग गरि तथा यौनाङ्गामा विभिन्न खालका बस्तुहरु घुसाई चरम यतना दिई निर्ममता पुर्वक हत्या गरेको जारी विज्ञप्तीमा जनाइएको छ। हत्याको विरोधमा जिल्लास्थित महिला सञ्जाल र राजनीतिक दलका प्रतिनिधिहरूले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर हत्याको निश्पक्ष छानबिन गर्न माग गरेका हुन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ