arrow

अत्यधिक हिमपातले हुम्ला प्रभावित, सिमकोटमा एक फिट हिउँ

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
humla-himpat.JPG.jpeg

हुम्ला । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।

विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । 

हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । 

सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । “एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,” स्थानीयवासी पासाङ लामाले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ