arrow

राष्ट्रिय सभा : 'पिक एण्ड ड्रप'को विरोध, 'बम्जनमाथि कारबाही किन भएन ?'

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
rastriya_shava.JPG

काठमाडौं । बुधबारदेखि सुरु भएको राष्ट्रिय सभा बैठकमा भृकुटीमण्डपमा सवारी रोक्न नदिएकोदेखि रामबहादुर बम्जन माथि कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार दिउँसो १ बजेदेखि सुरु भएको राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद्हरुले यस्तो गुनासो गरेका हुन् । 

बैठकमा राष्ट्रिय सभाका सदस्य उदया शर्मा पौडेलले भृकुटीमण्डपमा सवारी साधन रोक्न नदिने ट्राफिक प्रहरीको निर्णयले महिला, बालबालिका तथा बृद्धबृद्धाहरुलाई समस्या भएको गुनासो गरिन् । उनले सुन्धारामा पनि गाडी नरोक्ने र भृकुटीमण्डपमा पनि नरोक्ने समस्याले यात्रुहरुलाई सास्ती भएको भन्दै यसमा पुनर्विचार गर्न आग्रह गरेका छन् । 

त्यस्तै, नेकपाको तर्फबाट राष्ट्रिय सभा सांसद् कोमल ओलीले आफूलाई लिटिल बुद्ध भन्ने रामबहादुर म्जनमाथि कारबाही नभएको भन्दै राष्ट्रिय सभा मार्फत् सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले पीडित महिला स्वयंले आफू माथि दूव्र्यवहार भएको भन्दै जाहेरी दिएको अवस्थामा पनि किन कारबाही गर्न नसकिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

प्रहरीले बम्जनको आश्रममा अनुसन्धान गरिरहेको भएपनि अहिलेसम्म बम्जनलाई पक्राउ गरिएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ