arrow

मनमोहन सिंहको जीवनमा बनेको चलचित्रका १४ जना बिरुद्ध मुद्दा

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
anupam01.png

काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनमा आधारित चलचित्र विवादमा तानिएको छ । सो चलचित्रबारे अभिनेता अनुपम खेरको समस्या बढेको छ ।

मंगलबार अनुपम खेर तथा अन्य १३ अन्य व्यक्तिमाथि मुद्दा दायर गर्ने आदेश दिएको छ ।
चलचित्रमा अनुपम खेरले पूर्वप्रधानमन्त्री सिंहको भूमिका निर्वाह गरेका छन् ।  ट्रेलर सार्वजनिक भएसँगै यो चलचित्रबारे विवाद निस्किएको हो ।
 
दिल्ली हाइकोर्टमा पनि ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को विरुद्ध उजुरी दर्ता गराइएको छ । भारतको कानूनमा जीवित व्यक्तिको नक्कली व्यक्ति बनाउन नपाउने व्यवस्था छ । साथै गुगल, युट्युब र इन्टरनेटबाट ट्रेलर हटाउन माग गरिएको छ ।

सिंहको जीवनमा आधारित यो चलचित्रमा उनी प्रधानमन्त्री बनेपछि उनको जीवनमा आएको उतारचढावलाई देखाइएको छ ।  
सोनिया गान्धीको रोल जर्मन नायिका सुजैन बर्नेट र राहुल गान्धीको रोलमा अर्जुन माथुर रहेका छन् । अहाना कुमराले प्रियंका गान्धी र दिव्या सेठ मनमोहनको सिंहकी पत्नी गुरशरण कौरको भूमिकामा छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ