arrow

सम्मानित व्यक्तिको अपमानित धरोहर, राष्ट्रिय सभामा भावुक भए शर्मा 

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
BP_pushpalal.jpg

काठमाडौं । अहिले सत्ताको बाघडोर सम्हालिरहेका नेकपा र प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको काँग्रेसकै नेतृत्वमा २०४७ सालदेखि सरकारहरु चलिरहेकै छ । कम्युनिष्ट आन्दोलनबाट आएको नेकपा र प्रजातान्त्रिक आन्दोलनबाट आएको नेपाली काँग्रेसले अहिले जुन धरातलमा बसेर राजनीति गरिरहेको छ । त्यो उनीहरुको संस्थापक नेताको बैचारिक धरातलबाट नै चलिरहेको कुरासम्म अहिले पनि यी दलका नेताहरुले स्वीकार्ने गरेका छन् । तर, दलहरुले जसको बैचारिक धरातललाई टेकेर आफ्नो गुजारा चलाईरहेका छन्, उनीहरुसँग जोडिएका धरोहरको स‌ंरक्षणमा भने उनीहरुको ध्यान जाने गरेको देखिँदैन । 

प्रजातान्त्रिक विचारधाराका प्रवद्र्धक हुन् विश्वेश्वरप्रसाद कोइराला । उनकै बैचारिक धरातलमा टेकेर काँग्रेसले धेरै वर्ष सत्तामा शासन गर्‍यो । तर, काँग्रेसले विपीको नाम भजाएर र नेकपाले पुष्पलालको  नाम भजाएर जनमत आफ्नो पक्षमा पार्न बाहेक उनीहरुको लागि ती पार्टीहरुले खासै केही पनि काम नगरेको आरोप बुधबारको राष्ट्रिय सभाको बैठकमा समेत कुरा उठेको छ । पूर्व शिक्षामन्त्री समेत रहेका नेकपा नेता दीनानाथ शर्मा विपी कोइराला र पुष्पलाल श्रेष्ठप्रति राज्यले देखाएको बेवास्ता सम्झिएर भाबुक बने । 

उनी विपी कोइरालालाई राज्यले कत्तिको सम्मान गरेको रहेछ त ? त्यो हेर्नको लागि सुन्दरीजल स्थित विपी संग्रहालय पुगेछन् । उनले त्यहाँ पुग्दा विपी कोइरालाका कुनैपनि संग्रह आफूले नभेटेको प्रतिक्रिया दिए । ‘एउटा संग्रहालय बनाईएको छ’ उनले भने ‘तर, उनका संग्रहहरु नै नभएपछि कसरी हुन्छ उनको सम्मान ? एउटा घरले मात्रै त सम्मान हुँदैन नि ।’

उनले राष्ट्रिय सरोकार समितिका सदस्यहरु सहित आफूहरु त्यहाँ पुग्दा खासै सुधान नपाएको गुनासो राष्ट्रि सभामा गरे । उनले विपी कोइरालासँग जोडिएको त्यो ऐतिहासिक धरोहर जुन रुपमा पर्यटकीय रुपमा विकास हुनु पथ्र्याे र जुन रुपमा कोइराला प्रति सम्मान हुनु पथ्र्याे त्यो नभएको आफूले पाएको प्रतिक्रिया उनले दिए । 

त्यस्तै, उनले रामेछापको भँगेरीमा पनि आफ्नो मन दोस्रोपटक रोएको बताए । त्यो ठाउँ जहाँ नेपाली कम्युनिष्ट आन्दोलनका नेता पुष्पलाल श्रेष्ठको जन्म भएको थियो । कम्युनिष्टहरुको लागि यो ठाउँ पनि एक हिसावले ‘तीर्थ’को रुपमा विकास हुनु पर्ने हो । अरु नेपालीको लागि पनि उनी राजनीतिक आस्थामा मन नपर्ने व्यक्ति भएपनि नयाँ राजनीतिक विचारधाराका प्रवद्र्धक उनको जन्मस्थान पर्यटकीय दृष्टिले सबैको लागि महत्वपूर्ण हुनुपर्ने देखिन्छ । 

सोही ठाउँ कृष्णलाई श्रेष्ठ खरदारको जागिर खानको लागि त्यहाँँ पुगेको र डेरा लिएर एउटा घरमा बसेको ठाउँ हो । सोही घरमा राणा शासनकालमा फाँसीमा चढाईएका शहीद गंगालाल श्रेष्ठ र नेपाली कम्युनिष्ट आन्दोलनका नेता पुष्पलालको समेत जन्म भएको थियो । उनले त्यो ठाउँमा पुग्दा त्यो ऐतिहासिक घर भत्किएको, त्यहाँका साहित्यकारहरुले आफ्नै पहलमा एउटा गंगालाल र पुष्पलालको ढुंगाको मूर्ति बनाएर एउटा रुखको फेदमा भुईँमा राखिए जहाँ वरिपरी सिस्नु उम्रिएको देखेर आफू दोस्रो पटक भावुक भएको प्रतिक्रिया शर्माले दिए । 

उनले बुधबारको राष्ट्रिय सभामा बोल्दै आफूलाई सच्चा कम्युनिष्ट भन्नेहरुबाट नै पुष्पलालको ठूलो अपमान भएको आरोप लगाए । उनले त्यहाँ बोलिरहँदा जसरी कम्युनिष्टहरुले पुष्पलालको अपमान गरेका छन् त्यसैगरी प्रजातन्त्रबादी भन्नेहरुले विपी कोइरालाको समेत उस्तै अपमान गरेको आरोप शर्माको थियो । उनले त्यहाँका जनताहरुसमेत यस्ता व्यक्तिहरुको सम्मान गर्न नसकेको प्रति चिन्ता व्यक्त गरेको बताएका छन् । 

शर्माले भनेको ठाउँमा अहिले ५ रोपनी पाखोबारी पुष्पलालको स्मृति पार्क बनाउनको लागि सुरक्षित राखेको छ भने २ वर्ष पहिले ५० रोपनी जग्गा अधिग्रहण गरेर सरकारले त्यहाँ पार्क बनाउने तयारी समेत गरेको थियो । तर, त्यसको काम अहिले अघि बढ्न सकेको छैन । त्यो अधिग्रहण गरिएको जग्गा रोक्का मात्रै गरिएको थियो भने एक महिना अघि मात्रै मुआब्जा दिने निर्णय भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ