arrow

दुर्गम गाउँपालिका लालझाडीको सडकमै धेरै बजेट

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ पुष २५ बुधबार
laljhadi1.jpg

लालझाडी ।कञ्चनपुरको दक्षिण पुर्वी भेगमा रहेको भौगोलिक हिसाबले दुर्गम रहेको लालझाडी गाउँपालिकाले आफ्नो चालू आर्थिक वर्षमा सडक सञ्जाल निर्माणमा ४ करोड ७६ लाख ६० हजार बिनियोजन गरेको छ ।

भौगोलिक रुपमा दक्षिण पश्चिममा बिनाशकारी दोंदा नदी,उत्तर तर्फ लालझाडी राष्ट्रिय वन ,पुर्व तर्फ पुनर्वास नगरपालिकाको सीमा संग जोडिएको यो गाउँपालिकामा सडक र यातायात सेवाको अभाव रहेको छ ।

साबिक शंकरपुर गाबिसका पुरै वडा, साबिक बाइसेबिचवा गाबिसका ४ वटा वडा र देखतभुली गाबिसका ४ वटा वडाहरुलाई समायोजन गरि २०७३ फागुन २२ गते यो गाउँपालिकाको स्थापना गरिएको हो । १५४.६५ वर्ग किलोमीटर क्षेत्रफल रहेको यस गाउँ पालिकामा २२ हजार ५६९ जनसंख्या रहेको छ । उत्तरी सीमामा रहेको लालझाडी राष्ट्रिय वनको नाम बाट यस गाउँपालिकाको नाम लालझाडी राखिएको हो । कृषिमै आधारित यस गाउँपालिकाका स्थानिय किनमेलका लागि  छिमेकी जिल्ला कैलालीको धनगढी,बेलौरी र पुनर्वासका बजारहरुमा जाने गर्दछन ।

यस गाउँ पालिकामा उत्पादन गरिएका कृषि उत्पादनको बजार सम्मको पहुँच सहज बनाउन गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ३० करोड ३१ लाख १८ हजार १७५ मध्य ४ करोड ७६ लाख ६० हजार सडक निर्माण र स्तरोन्नतीकालागी बिनियोजन गरिएको लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए । शिक्षा,स्वास्थ्य सेवा र कृषि उतपादनलाई बजार सम्म सहज रुपमा लैजान यहाँका स्थानीय जनताले सास्ती पाउदै गएकाले गाउँ पालिकाले सडक सञ्जालको बिकासलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष बडायकले बताए ।

 उनले भने - खेतीयोग्य जमिन दोंदा नदीले बगाए पछि यहाँका अधिकाँश कृषकको आर्थिक उपार्जन र कृषि उत्पादन घटेको छ । त्यसलाई कसरी ब्यबस्थित गर्न सकिन्छ हामी योजना बनाएर कार्य गर्ने तयारीमा जुटेका छौं ।

२०६५ देखि निरन्तर दोंदा नदीको बाढिका कारण क्षेती भोग्दै आएका यहाँका कृषकहरुको आर्थिक अबस्था कमजोर बन्दै गएको छ । किनमेल, उपचार ,कृषि उत्पादन बजार सम्म सहज पुगाउन र अन्य अत्यावश्यक सेवाका लागि बजार सम्म जान गतिलो बाटो नभएकाले सडक निर्माण र स्तरोन्नतिमा गाउँ पालिका लागेको अध्यक्ष बडायकले बताए ।  दोंदा नदीको बाढी बाट बर्सेनि क्षेती ब्यहोर्दै आएका यहाँका कृषक वन्य हात्तीको बथानबाट समेत दु:ख झेल्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ