arrow

प्रधानमन्त्री ओलीको गृहनगरमा दमकल बिमार, आगो लागेर घरसहित गाई–बाख्रा स्वाहा 

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ पुष २६ बिहिबार
aagalagi1.jpg

झापा । झापाको दमक नगरपालिका वडा न  २  स्थित हरिप्रसाद निरौलाको घर तथा गोठमा  बिहीबार बिहान ६ बजे भएको आगलागीबाट एक घरसहित १ गाई, २ बाख्रा र घरभित्र रहेका महत्वपुर्ण कागजात, खाद्यान्न, लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ । 

बिगत केही दिनदेखि गौरादह गौरीगन्ज र दमक आसपासका छेत्रमा घर गोठ तथा  धानको माच र थ्रेसर गरी राखिएको धानको परालमा आगलागी भएको पाइएको  छ ।

आगलागी हुनुको कारण थाहा पाउन नसकेर दिनानुदिन सर्बसाधारणले सास्ती बेहोर्दै आएका छन् । केही आगलागी लापरबाहीको कारणले र केही आपराधिक व्यक्तिहरको सुनियोजित कुकार्यले गर्दा भएको हुन सक्ने सर्बसाधारणको बुझाइ छ । 

यस्तो परिस्थितिी आगलागी नियन्त्रण गर्न प्रयोग गरिने दमकलको हालत भने नाजुक रहेको गुनासो पनि यत्रतत्र रहेको पाइन्छ ।

प्रधानमन्त्री केपी शमाृ ओलीको गृहनगर दमकनगरपालिकामा भ्युटावर, औद्योगिक पार्क आदि बहुप्रतिष्ठित योजना सुरु गर्ने चर्चा रहेता पनि अत्यावश्यक सेवाको रुपमा रहेको दमक नगरपालिकामा चालु अवस्थामा  रहेको दमकलको हालत भने एकदमै नाजुक रहेको पाइएको छ ।

बिहीबार बिहान दमक २ मा भएको आगलागीमा दमकल आगो निभाउन पुग्यो तर आधा पानी भने  बाटोमा नै चुहिएर सकिएको थियो ।

दमकल पुरानो र बिग्रेकोले गर्दा पर्याप्त मात्रामा आगो निभाउन दमकलमा पानी नभएकोले  धेरै धनमालको क्षति भएकोसमेत स्थानियहरुले बताएका छन् । 


साथै स्थानीयवासीहरुले तत्काल उक्त दमकलको मर्मत गरिनुपर्ने माग स्थानीय सरकारसंग गरेका छ्न् ।

क्षतिको विवरण आइनसकेको वडाध्यक्ष प्रजापति सापकोटाले बताए । निरौलाको घरमा रहेको अन्नपात, गरगहना, लत्ताकपडा, नगदसहितका सम्पूर्ण समानहरु जलेको थियो भने घरसंगैको गोठमा रहेका बाख्रा पाठा, बाछो, गाईलाई समेत क्षति पुगेको थियो ।

दूध पुर्याउन घर बाहिर गएका बखत आगोलागी भएको पीडित निरौलाले बताए । घरमा श्रीमती र आफू गरी जनामात्र बस्दै आएका थिए । श्रीमतीसमेत बुधबार माइती गएकी थिइन् । 

गाईबस्तुको खोले पकाउँदा अचानक आगो निस्किएको हुन सक्ने स्थानीयको अनुमान छ । आगोलागी भएपछि दमकको वारुणयन्त्रलाई बोलाउँदासमेत घटनाको एक घण्टा ढिलो गरेर आएको र समयमा नै नआउँदा ठूलो क्षति भएको स्थानीय पवन निरौलाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ