arrow

पर्यटकीय स्थल फिक्कल प्रवर्द्धनका लागि माघ २ गते देखि फिक्कल महोत्सव

logo
राजन परियार,
प्रकाशित २०७५ पुष २६ बिहिबार
fikkal_bata_dekhine_danda_2.jpg

सिन्धुली । सिन्धुलीको फिक्कलमा पर्यटन प्रवद्धर्न गर्ने उदेश्यका साथ फिक्कल महोत्सव २०७५ सुरु हुने भएको छ । सडक, शिक्षा र विजुली फिक्कलको पुर्वधार कृषि वन र पर्यटन समृद्धिको मुल आधार भन्ने मुल नाराका साथ फिक्कल गाउँपालिकाको आयोजनामा खाङ्गसाङवेशीमा हुने महोत्सव यही माघ २ गतेदेखी ७ गतेसम्म संचालन हुने भएको छ ।

जिल्लामा फिक्कल गाउँपालिका भित्र ओझेलमा रहेको पर्यटकिय स्थलहरुको अध्ययन तथा अवलोकन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने महोत्सवको मुख्य उदेश्य रहेका छ ।  फिक्कल गाउँपालिका जिल्लाकै प्रमुख पर्यटकिय गन्तव्य भएकोले यहाँका पर्यटकिय स्थल एवं धार्मिक तथा सांस्कृतिको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्राई पर्यटयकिय स्थल फिक्कलको प्रवद्धर्न गर्नुका साथै फिक्कल गाउँपालिकाको विकासमा टेवा पुर्‍याउने उदेश्यका लागि महोत्सव संचालन गर्न लागिएको फिक्कल गाउँपालिकाले जनाएको छ ।   

७७७१ फिट उचाईमा रहेको फिक्कल सिन्धुली जिल्लाकै सवै भन्दा उचाईमा पर्यटकिय स्थलको रुपमा अवस्थित छ । यहाँबाट उत्तरतिर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा लगायतका १४ वटा हिमश्रृङ्खला देखिनुका साथै  दक्षिणतर्फ होचिंदै गएका रमणीय डाँडाकाँडा एवं तराईको समतल फाँट नियाल्न सकिन्छ । फिक्कल नजिक महाकाली देवीस्थान लगाएत रहस्यमय प्राकृतिक गुफाहरु छन् ।

महोत्सवले फिक्कल गाउँपालिकामा रहेका संभावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुटीआदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रचार,प्रसार, विक्रि एवं प्रवद्र्धन गर्न साझा, औपचारिक एवं अल्पकालिन वजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने, गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा र्‍याप्टिङ गराउने उद्देश्य महोत्सवले लिएको गाउपालिकाले जनाएको छ ।

माघ २ गते देखी ७ गतेसम्म संचालन हुने महोत्सव ६ दिनसम्म चल्नुका साथै १ लाख पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ । महोत्सवका मुख्य आकर्षणहरु स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य बस्तु तथा अल्लोका कपडाहरुको प्रदर्शनी, गाउँपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोतात्मक प्रर्दशनी, कृषिजन्य उत्पादनको प्रदर्शनी, वितिय संस्था तथा अन्य सेवामुलक संघ÷संस्थाहरुको सेवाबारे जानकारी, प्याराग्लाईडिङ्ग, र्‍याफ्टिङ्ग लगायत रहेका छन् । महोत्सवमा आउनेहरुलाई जिल्लाकै अग्लो डाडा फिक्कल, जिल्लाकै अग्लो ठाउँमा रहेको खेल मैदान रचने थामको अबलोकन गराउने ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष धन वहादुर कार्कीले बताए ।

मेलामा गाउँपालिका भित्रका जातजातिका विविधताको प्रदर्शन, सुुवार, राइ  र मगर जातिको झाँकी तथा नृत्य प्रदर्शन, बाम्ह्रण जातिको भजन प्रदर्शन, ख्याति प्राप्त कलाकारहरु विच दोहोरी गीत कार्यक्रम र सर्कसहरु रहने छन् । त्यस अबसरमा उद्योग,पर्यटन,कृषि सम्वन्धि अन्तरकृया कार्यक्रमसमेत राखिएको कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ