arrow

स्थानीय सरकार पारदर्शी बनाउन तानसेन मै पहिलो पटक मोवाइल एप

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ पुष २६ बिहिबार
tansen1.jpg

तानसेन । जिल्लाका स्थानीय सरकारहरु सूचनामैत्री र पारदर्शी नभएका गुनासाहरु आइरहेका बेला तानसेन सरकारले जिल्लामै पहिलो पटक मोबाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीहरुलाई सूचनामैत्री र पारदर्शी बनाउन भन्दै तानसेन सरकारले मोवाइल एप सञ्चालनमा ल्याएको हो ।

मोवाइल एपको बुधबार एक कार्यक्रमका बीच प्रदेश पाँचका प्रदेश सांसद्  डा.पुरनमान बजा्रचार्य र वीरबहादुर रानाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन गर्दै प्रदेश सांसद बज्राचार्यले स्थानीय सरकारहरु सूचनामैत्री र पारदर्शी हुनु पर्ने बताए । उनले कतिपय स्थानीय तहहरुले सूचनाहरु लुकाएर  काम गर्दा भ्रष्ट्रचार र अनियमिता मौलाउदै गएको अवस्थामा   नगरसरकाले ल्याएको मोवाइल एप महत्वपूर्ण सावित हुनेमा जोड दिए ।

अर्को सांसद रानाले  जनता प्रति उत्तरदायी, जवाफदेहि  र पारदर्शी  बन्न  मोबाइल एप महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे । उनले स्थानीय सरकारहरु पारदर्शी नभए सम्म आर्थिक समृद्धि नहुने भएकाले स्थानीय सरकारहरु पारदर्शी र सूचनामैत्री बन्नु पर्नेमा जोड दिए । लामो समय देखि जनप्रतिनिधि विहिन रहेको स्थानीय तहका गतिविधिहरु अब पारदर्शी र जनमैत्री बनाउनु जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहनेमा  सांसद रानाको  धारणा राखेका थिए   ।

 उनले जिल्लाको विकासमा आग्रह पूर्वाग्रह नराखि काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।  नगर प्रमुख अशोक कुमार शाहीले नगर सरकारले गर्ने हरेक गतिविधिहरुलाई जनता समक्षा जस्ताको त्यस्तै  पुर्‍याउन एप सञ्चालनमा ल्याइएको बताए ।  उपप्रमुख लक्ष्मी देवी पाठकले  विकास निर्माणका योजना, कार्यक्रमहरुका विषयमा जानकारी लिन नगर सरकारले सञ्चालन गरेका प्रविधिहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले स्थानीय तहमा प्रविधिको विकास संग संगै मोबाइल एपबाट जनताका समस्या बुझ्न सहज हुने बताए ।

उनले जिल्लामै पहिलो प्रविधि नगर सरकारले  भित्र्याएकाले अब जिल्लाका सबै स्थानीय सरकारहरुले सूचनामैत्री र पारदर्शी बन्न यस्ता खालका प्रविधिहरुको प्रयोग गर्न आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले र सूचना प्रविधि अधिकृत प्रकाश गैरेले  मोवाइल एपको आवश्कता र महत्वका विषयमा जानकारी दिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ