arrow

नेपाल प्रेस युनियन धनुषामा राजन सिंह सहित कार्यसमिति सर्वसम्मत

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार

धनुषा। नेपाल प्रेस युनियन धनुषाको नवौँ साधारण सभाबाट आगामी ३ वर्षको लागि राजन सिंहको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

सर्वसम्मत चुनिएको कार्यसमितिको उपाध्यक्षमा अकुल साह, महिला उपाध्यक्षमा विनीता ठाकुर र सचिवमा निरञ्जन साह रहेका छन् । त्यसै गरी सह–सचिवमा मिनु झा, कोषाध्यक्षमा दिनेश साह रहेका छन। त्यसैगरि सदस्यहरुमा किशोर मंडल , सुनिल यादव , फुलगेन मुखिया सहितका रहेका छन ।

केन्द्रीय पार्षदमा अनिल कर्ण, माधव आचार्य, रामभरत साह, कमल साह, अजय कुमार झा, प्रफुल्ल राज घिमिरे, नवल किशोर शरण, रिकुं मिश्र, देवता झा र नीतु झा चुनिएका छन् ।

त्यस्तै प्रदेश पार्षदका लागि प्रवीण साह, अजय साह, कैलाश दास, बब्लु चौधरी, कुशेश्वर उपाध्याय, विजय यादव, हदीश खुद्दार, नवीन कुमार साह, सुष्मा कर्ण, एलिना सिंह, बनिता ठाकुर, उत्तिम लाल कापडी , प्रभाष कर्ण र राम बाबु यादव छानिएका छन् ।

यसैबीच धनुषा शाखाले नेपाल प्रेस युनियनको आसन्न केन्द्रीय महाधिवेशन जनकपुरमा गराउन केन्द्रिय कार्यसमितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ