arrow

नेपालगञ्जमा नेकपाद्वारा पृथ्वीनारायण शाहमाथि अपमान, देखायो यस्तो चरित्र

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
prithibi_narayan_NCP.JPG

काठमाडौं । विहीबार राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने विषयमा नेपालगञ्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठक बोलाईएको थियो । सोही बैठकमा पुष २७ अर्थात् शुक्रबार सार्वजनिक विदा दिने प्रस्ताव गरियो । 

धेरैको माग बमोजिम कार्यपालिकामा भएको प्रस्तावमा सुरुदेखि नै काँग्रेस र संघीय समाजवादी फोरमका सदस्यहरुले सहमति जनाएको भएपनि सार्वजनिक विदा दिन नहुने पक्षमा नेकपाका सदस्यहरु दरिलो रुपमा प्रस्तुत भए । 

सहमतिबाटै विदा पारित गर्ने प्रयास गरिएको भएपनि नेकपाका सदस्यहरु कुनैपनि हालतमा पृथ्वी जयन्तीमा विदा दिन नहुने पक्षमा देखिएपछि नगरकार्यसमितिको बैठकले बहुमतद्वारा विदा दिने निर्णय गरेको छ । 

केन्द्रमा समेत सरकारको नेतृत्व गरिरहेको नेकपाले केन्द्रमा विदा नदिएपछि नेकपाप्रति धेरै आक्रोशित बनिरहेको बेलामा नेपालगञ्जमा उनीहरुले राष्ट्रनिर्माता प्रति नै अपमान हुने गरी विदा प्रस्तावमा चर्काे विरोध गरेका हुन् । 

नेकपाका नेताहरु केन्द्रमा पनि पृथ्वीनारायण शाहको सम्मानबारे खुलेर बोल्न पनि सक्दैनन् । नेपालगञ्जमा कूल ३३ सदस्यीय नगर कार्यपालिका बोर्डमा नेकपाका सबैभन्दा बढी १२ जना सदस्य छन् । यसैगरी २३ वडामध्ये सबैभन्दा बढी नेकपाले १० वडा जितेको छ । 

त्यसो त यसरी बहुमतद्वारा गरिएको निर्णय पनि नेकपाले नमान्ने भएको छ । नेकपाले जितेको सबै वडाहरुमा शुक्रबार नियमित कामकाज गरिने पनि ती वडाका प्रतिनिधिहरुले जनाएका छन् । ती सदस्यहरुले विदा दिने निर्णयमा नोट अफ डिसेन्ट समेत लेखेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ