arrow

नगरप्रमुखद्धारा ब्यक्तिगत लगानीमा दर्जनौं बिद्यालयमा अक्षयकोष

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
dadeldhura_parsuram.png

डडेल्धुरा । ब्यक्तिगत लगानीमा परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालय लाखौंको अक्षयकोष स्थापना गरेका छन् । 

भित्री मधेशका एक दर्जन भन्दा बढी सामुदायिक बिद्यालयमा एक लाख भन्दा बढीका दरले अध्यक्षकोष स्थापना गरेका हुन् । गरिब, जेहेन्दार, अल्पसंख्याकका बालबालिकाहरुलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिन थालिएको नगर प्रमुख साउदले बताए । 

‘गरिब, जेहेन्दार, अल्पसंख्यकका बालबालिकाहरुलाई अध्ययनमा सहयोग अक्षयकोष स्थापनाको अभियान नै शुरु गरेको छु ।’ नगर प्रमुख साउँदले भने, ‘नगर क्षेत्रमा पर्ने सबै ६४ वटै सामुदायीक बिद्यालयमा पाँच बर्ष भित्र अक्षयकोष स्थापना गरिनेछ ।’ 

नगर प्रमुख साउँदले आफ्नो ब्यक्तिगत आम्दानीबाट परशुराम नगरपालिका क्षेत्रका ६४ वटै सामुदायीक बिद्यालयमा अक्षयकोष स्थापना गर्न शुरु गरेका छन् । अक्षयकोषबाट प्रत्येक बर्ष गरिब, जेहेन्दार, अल्पसंख्यक बालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरिने छ ।  

अक्षयकोष  स्थापना सँगै भित्रीमद्येश क्षेत्रमा शैक्षिक गतिबिधि तिब्र हुन थालेका  भागेश्वर माध्यमिक बिद्यालय सलुन  शिक्षक करबिर बोहराले बताए । 

पछिल्ला एक बर्ष यता भागेश्वर माद्यमिक बिद्यालय बसौटीमा १ लाख, भागेश्वर माबि कटाल, १ लाख भागेश्वर माबि सलौन १ लाख, शिबसंंकर माबि सादनीमा १ लाख, शिद्धनाथ माबि चन्दनीमा १ लाख, बैजनाथ माबि जमरानीमा १ लाख, शिद्धनाथ माबि जोगबुडामा १ लाख जनज्वती माबिमा गाईबाद्वे १ लाख गरि दश वटा बिद्यालयमा अक्षयकोष स्थापना भईसकेका छन् । 

बाँकी बिद्यालयहरुमा अगामी बर्ष अक्षयकोष खडा गरिने नगर प्रमुख साउँदले बताए । आधारभूत तह, माद्यमिक तहका सामुदायिक बिद्यालयहरुमा ब्यक्तिगत सहयोगमा अक्षयकोष स्थापना गरी शैक्षिक सुधारमा महत्वपूर्ण सहयोग गरेको बैजनाथ माबि प्रधानाध्यापक तेजबहादुर बिष्टले बताए ।  

गरिब, जेहेनदार, बिपन्न, अनाथ, बालिबालिकालाई बिद्यालयमै पुगेर अक्षयकोष स्थापना गर्न थालेका हुन । जिल्लाकै सबै भन्दा पिछडिएको क्षेत्रमा शैक्षिक गुणस्तर सुधार गर्न यो अभियानकै रुपमा संचालन गरिएको नगर प्रमुख साउँदले बताए ।  

जिल्लाकै ४० हजार जनसंख्या रहेको भित्रीमद्येश क्षेत्रमा सामुदायिक र संस्थागत गरि ७५ वटा बिद्यालय रहेका छन् ।  शैक्षिक सुक्षार गर्न ब्यक्तिगत रुपमा सुरु गरेको अभियानलाई सबै क्षेत्रले अभियानकै रुपमा संचालन गर्न अति आवश्यक रहेको शिक्षकहरु बताउँछन् । 

नगरपालिका क्षेत्रका कुनै सुबिधा नलिने घोषणा गरेका नगर प्रमुखले पाउने दैनिक भत्ता र सेवा  सुबिधाको लागि मेयर कोष स्थापना गरि गरिब, असाहाय, जेष्ठनागरिक, अपाङगता भएका ब्यक्ति, महिला, पिछडिएका बर्गलाई बिभिन्न तवरबाट आर्थिक सहयोग गर्दै आएका छन् । नगर प्रमुखले एक चिया कप बाहेक नगरपालिकाबाट अरु कुनै सुबिधा लिने गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ