arrow

बाहिर सुशासनको नारा, भित्र भ्रष्टाचार : प्रकाशमान

logo
सुनिल आउजी,
प्रकाशित २०७५ पुष २७ शुक्रबार
prakashmans.jpg

धनगढी । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले दुई तिहाई सरकारले सुशासनको नारा दिएर भ्रष्टाचारलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।  जनतालाई सुशासनको नारा दिएर सरकार भने भित्रै भित्रै अरबमा भ्रष्टाचार गरिरहेको उनले बताए ।  नेपाल प्रेस युनियन कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले आरोप लगाएका हुन ।

सिंहले वाइडबडी खरिदमा भएको भ्रष्टाचार सरकारले लुकाउन खोजीरहेको पनि आरोप लगाएका छन् । उनले भने,‘संसदको अन्य समितिहरुले लेखा समितिको संयोजक्त्तवमा बनाएको  उपसमितिले सरकारलाई बुझाएको  प्रतिवेदनमा यथार्थ विवरण उल्लेख गर्दा पनि सरकारले  वाइडबडी खरिदमा भएको अनियमितताबारे छानबिन गर्न नसक्नु नै सरकार भ्रष्टाचारमा रुमलीएो प्रष्ट हुन्छ।'

कर्मचारी समायोजन प्रक्रियामा पनि  सरकारको ढिला सुस्तीका कारणले गर्दा  कर्मचारी समायोजन प्रक्रियामा ढिलाई भएको जनताले पाउनु पर्ने सेवामा जनतालाई दुःख दिएको नेता सिंहले आरोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ