arrow

ओली सरकार, धन्यवाद ! विदा नदिँदा नै 'पृथ्वी' सधैं जीवन्त हुन्छन्

logo
अश्रु किरण,
प्रकाशित २०७५ पुष २७ शुक्रबार
prithibi_narayan_shah.JPG

काठमाडौं । नेपाल एकीकरणका प्रमुख अभियान्ता पृथ्वी नारायण शाहको जन्म जयन्ती हो पौष २७ गते । विशाल नेपालको एकीकरणका यषेजनाकारको रुपमा रहेका उनकै योगदानले १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरको भूमिमा अहिले पनि निर्वाध रुपमा चन्द्रसूर्य अंकित झण्डा फहराउन सकेको छ । तर, अहिले पनि एउटा सानो जमात यस्तो छ कि जो पृथ्वी नारायण शाहको क्रुरतालाई उदाहरण दिँदै पौष २७ गते राष्ट्रिय एकता दिवस नमान्न दबाब दिने गरेका छन् । 

यस भन्दा अघिल्लो व्यापक जनआलोचना पछि पौष २७ गते पृथ्वी नारायण शाहको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मंसिर १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सो निर्णयले धेरैलाई खुशी तुल्यायो । तर, त्यो पौष २७ गते एक दिन घरमा बसेर जुवा खेल्ने, मदिरामा लिप्त भएर अनेकानेक गफमा दिन विताउने वा धेरै सभ्य व्यवहार गर्ने हो भने नजिकैको कुनै ठाउँमा घुम्न गएर नै त्यो दिन वित्ने गरेको थियो । 

नेपालमा जुन पनि उत्सवमा विदा दिईन्छ । ती सबै विदाहरु फगतमा कुलतमा व्यतित गरेर विताउनेको संख्या धेरै छ । कुनैपनि पर्वमा दिईने सार्वजनिक विदा ठूलो कुरा होईन । त्यो पर्वको बारेमा नजानेकाहरुलाई सिकाएर त्यो पर्वको सम्मान गर्नु ठूलो कुरा हो । यद्यपि अहिलेको सरकारले सम्मानको लागि विदा नदिएको भन्ने तर्क त होईन । नेपालमा बसेर पृथ्वीनारायण शाहको गुनगान गाउँदा पनि जागिरबाट हात धुनु परेका समाचारहरु समेत समय समयमा आएकै हुन् । तर, पनि हामीहरुको चरित्रका कारण पृथ्वी जयन्तीमा विदा दिँदा भन्दा विदा नदिँदा नै पृथ्वीनारायण शाहप्रति बढी सम्मान भएको मान्न सकिन्छ । 

पुषको १ गते भन्दा पहिलेदेखि यो वर्ष नेपालमा पृथ्वी नारायण शाहको स्मरण हुन थालेको थियो । त्यो स्मरण भलै विदामा केन्द्रीत नै किन नहोस् । धेरैले पृथ्वीनारायणको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । तर, यो दिनलाई यदी सरकारले विदा दिएको थियो भने केवल एक दिन त्यो पनि विदाको लागि पृथ्वी नारायण शाहलाई सम्झिने भन्दा केही थप हुने थिएन । अहिले सरकारले पृथ्वीनारायणलाई सम्मान गरेको छैन र सारा नेपालीले उनीप्रति हार्दिकताको भाव देखाएका छन् नि । यदि सरकारले उनीप्रति हार्दिकताको भाव देखाएको थियो भने एकाएक आम मानिसले विस्तारै पृथ्वीनारायण शाहप्रति कम वास्ता स्वभाविक रुमा पनि राख्ने निश्चित थियो । 

यो मात्रै नभएर सरकारले वास्ता नगरेपछि आफ्नो इतिहास जोगाउन आम जनता जागरुक भएका उदाहरणहरु धेरै छन् । गणतन्त्र आएको ४ वर्ष पछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले दौरा सुरुवाललाई राष्ट्रिय पोषाकबाट हटाउने निर्णय गरे । सो समय उनको व्यापक विरोध भयो । त्यो बेलासम्म दुखका साथ भन्नुपर्छ धेरैलाई आफ्नो राष्ट्रिय पोशाक दौरासुरुवाल हो भन्ने ज्ञान समेत थिएन । तर, सरकारले नै आफ्नो दौरा सुरुवाललाई हटाउन खोजेपछि धेरैले यसको संरक्षणमा सक्रियता देखाए । अहिले साना भन्दा साना बच्चाहरु पनि दौरा सुरुवाल र भादगाउँले टोपीमा नै आफूलाई सुन्दर देख्न थालिसके । 

त्यस्तै, केही महिना अघि काठमाडौंमा भएको एशिया प्यासिफिक अघिसम्म मानिसहरुलाई हिन्दू धर्मका मानिसहरुले धर्म परिवर्तन गरेको बारे खासै केही पनि चासो भएको थिएन । तर, जव एशिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री र अन्य नेकपाका केही नेताहरुले आफ्नो चरित्र देखाए । त्यसपछि साना साना च्चाहरुमा पनि हिन्दू धर्मको संरक्षणको लागि मनैदेखि जोश आउन थालेको छ । 

त्यसैले पृथ्वीनारायण शाहलाई एउटा सार्वजनिक विदामा सीमित गरेर आम मानिसको मानसपटलमा गौण बनाउने काम नगरी सदैब सबै नेपाललीले मनमा र मुखले समेत उनको नाम जपिरहन सक्ने वातावरण बनाईदिएकोमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र जो पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुहुन्न भन्नेहरु छन् । ती सबै धन्यवादका पात्र हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ