arrow

बालिका रोएको देखेर प्रधानमन्त्रीले भने – खोजेर ल्याऊ

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
balikas.JPG

काठमाडौं । सामाजिक सञ्जाल यस्तो ठाउँ बन्न पुगेको छ, जहाँ धेरै मानिसहरु नयाँ आशा मिलेको छ । केही मानिसहरुले यसैबाट प्रसिद्धि पनि कमाएका छन् । यसैक्रममा एक बालिका पनि सामाजिक सञ्जालको माध्यमबाट चर्चाको शिखरमा रहेकी छिन् ।
 
सामाजिक सञ्जालमा यूएईकी एक बालिका रोएको भिडियो भाइरल भएको छ । उक्त बालिका रोएको भिडियो प्रधानमन्त्रीसम्म पुगेको थियो ।  २ डिसेम्बरमा यूएईमा राष्ट्रिय दिवस मनाइने गरिन्छ । यो दिन सबै देशवासीको मोबाइलमा १९७१ बाट एक फोन आइरहेको थियो । जसमा यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिदको रेकर्ड आवाज सुनिन्थ्यो ।

यो सन्देश मानिसहरुलाई दिइँदै आएको थियो । यद्यपि जब यो सन्देश बालिकाको आमाको मोबाइलमा आयो तर बालिकाले सुन्न पाइनन् । यो कारणलाई लिएर उनी निकै जोडले चिच्याउन थालिन् ।

आमाले छोरी रोएको भिडियो सामाजिक सञ्जालमा सेयर गरिन् यसपछि यो भिडियो भाइरल बन्न पुग्यो । भिडियोको जानकारी प्रधानमन्त्रीसम्म पुगेको थियो । सो भिडियो हेरेपछि प्रधानमन्त्रीले बालिकालाई पत्ता लगाउनका लागि निर्देशन दिएका थिए ।

अधिकारीहरुले खोजी गर्दा बालिकाको नाम सलामा–अल खाहतनी रहेको खुलेको थियो । बालिकासँग प्रधानमन्त्रीले भेट्न बोलाएका थिए । भेटको क्रममा प्रधानमन्त्रीले केही समय बालिकासँग बिताएका थिए । मिटिङको भिडियो पनि प्रधानमन्त्रीले सेयर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ