arrow

बर्दघाट सुस्ता पश्चिमका अबैध दर्ता पूर्जा बदरको माग

logo
प्रकाशित २०७५ पुष २८ शनिबार
nawalparasi_map_new.png

नवलपरासी पश्चिम। सुकुम्वासी संघर्ष समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले सुकुम्बासीको नाममा हुकुम्बासीले जग्गा धनी पुर्जा लिएको भन्दै सो तत्काल बदर गर्न माग गरेको छ। २०६७ सालमा तत्कालीन मनशोभा पाण्डेको आयोगको पालामा नवलपरासी सुकुम्वासी समस्या समाधान आयोगको नाममा बितरण गरिएको जग्गा मध्ये अधिकाशं जग्गा वास्तविक सुकुम्बासी नभई कागजमा मात्र सुकुम्बासी देखाईएकोले सो तत्काल बदर गर्न माग गरिएको हो।

सो आयोगको पालामा बितरण गरिएको जग्गाधनी पुर्जा मध्ये केही जग्गा धनी पुर्जा सम्बन्धी कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रण लिई रोक्का भएको अवस्थालाई मध्यनजर गर्दै सो बारे ब्यापक छानबिन गर्न माग गरिएको हो। 

समितीका संयोजक डोवल गुरुङ्गका अनुसार बिशेष गरी सो अवधिमा साविक सुनवल नगरपालिका क्षेत्रमा अबैध रुपमा नक्कली कागजातका आधारमा दर्जनौ ब्यक्तीहरुले सार्वजनिक जग्गा आफ्नो ब्यक्तीगत नाममा दर्ता गराउन सफल भएका छन्।

मनशोभा पाण्डे आयोगको पालामा जग्गा धनी पुर्जा बितरण भएकामध्ये अधिकाशंको जग्गा धनी पुर्जा पुनरावलोकन गरी वास्तविक सुकुम्बासी नभए सो दर्ता खारेज गनुपर्ने  गुरुङ्गले माग गरेका छन्। 

यसैगरी गुरुङले आफू स्वयं समेत स्थानिय तह सहित सबै सरोकारवाला सरकारी निकायबाट समेत अन्यायमा परेको दाबी गरेका छन्। २०६९ सालमा साविक सुनवल ५ र हालको सुनवल १० निवासी हर्क बहादुर कुँवरसँग खरिद गरेको ५ कठ्ठा जमिन आफुले जोतभोग गर्न नपाएको भन्दै सबै सरकारी निकायमा न्यायनका लागी  ढोका ढक्ढकाउदै हिडिरहेका छन्।

जग्गा धनि पुर्जा नभएको तर बर्षौदेखी जोतभोग गदै आएको ५ कठ्ठा जमिनलाई आफुले कुँवरसँग स्थानियको रोहबरमा छोडपत्र कागजात बनाई जग्गा खरिद गरेको भएपनि आफुले हाल सो जग्गामा जोतभोग गर्न समेत नपाएको गुरुङको भनाई छ। 

खरिद गरिएको जग्गामा २०७० सालमा घर समेत बनाईसकेको अवस्थामा केही ब्यक्तीहरुले घर बनाएर बसोबास गर्दै आएको ठिक ५ महिना पछि घर भत्काई दिदा समेत आफुले न्याय नपाएको गुरुङ्गले जनाएका छन्। घर भत्काएको भोलिपल्टनै गाउकै स्थानियहरुले ईलाका प्रहरी कार्यालय सुनवलमा समेत किटानी जाहेरी दिदा समेत दोषीहरुलाई प्रहरी कारवाही नगरेको गुरुङ्गको भनाई  छ।

आफुले खरिद गरेको जग्गामा बनाएको घर समेत केही ब्यक्तीहरुले भत्काउदा समेत प्रहरी प्रशासनले आफुलाई सहयोग नगरेको साथै सो जग्गा हाल आफुले भोगचलन समेत गर्न नपाएको जनाउदै आफुले न्यानकालागी सबैमाझ अपिल गरेको उनले जनाएका छन्।

कुँवरसँग गाउँलेहरुकै साक्षी रोहवर साथ कानुन व्यवसायीद्वारा लेखापढी गरी घरसारको छोडपत्र कागज गरी लिनेदिने गरेको अवस्थामा आफुले सो हाल सो जग्गा जोतभोग गर्न नपाएको गुरुङको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ