arrow

उज्ज्वल तामाङले गरे २ रोपनी जग्गा विद्यालयलाई दान 

logo
प्रकाशित २०७५ पुष २८ शनिबार
land-donate-school.jpg

काभ्रे। काभ्रे जिल्लाको तिमाल गाउँपालिक वडा नं.१ स्थित जन चेतना माध्यमिक विद्यालयको लागि सोही गाउँपालिकामा बसोबास गर्ने ज्ञानध्वज तामाङ (उज्ज्वल) ले आफ्नो २ रोपनी जग्गा विद्यालयलाई दान गरेको छ।

बदलिँदो समय संगै आधुनिक शिक्षा र प्राविधिक शिक्षाको माग भइरहेको बेला गाउँघरमा रहेका विद्यालयहरुमा विद्यार्थीहरुको लागि साधारण भवन निर्माण र खेल मैदानको लागि ठाँउको समेत अभाव भइरहेको बेला तामाङले २ रोपनी जग्गा विद्यालयलाई दान गरेपछि स्थानीयहरु निक्कै खुशि भएका छन्।

आइताबार सदरमुकाम धुलखेलबाट उक्त जग्गा विद्यालयको नाममा नामसारी गर्दै आफु जन्मेकोको हुर्केको अनि क ख सिकेको विद्यालयलाई यसरी सहयोग गर्न पाउदा गर्ब महसुस भएको र यस्तो कार्यहरूलाई निरन्तरता दिने ज्ञानध्वज तामाङ( उज्ज्वल)ले बताएका छन्। विद्यालयको तर्फबाटमा सह-प्रअ कपिलमनी डाँगी र व्यवस्थापन समितिको अध्यक्ष च्याङबा लामाले यो कदम सरहनिय रहेको भन्दै तामाङलाई धन्यवाद व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ