arrow

थारु पोशाकमा सजिइन् मन्त्री बिना, नयाँ वर्षको मेला उद्घाटन 

logo
जुद्ध चौधरी,
प्रकाशित २०७५ पुष २८ शनिबार
beena_magar.jpg

बेलौरी । पश्चिम नेपालमा बसोबास गर्दै आएका थारूहरूको सबभन्दा ठूलो चार्ड एवम नयाँ वर्षको रूपमा मनाईने माघि अर्थात् मकर संक्रान्तिको अवसर पारेर थारु कल्याणकारी समिति  बेलौरी नगर समितिले आयोजना गरेको ३ दिने माघि मेलाको शनिबार उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन खानेपानी मन्त्री बिना मगरले गरेकी हुन् । थारू भेषभुषाको पहिरन लेहेङ्गा र चोल्यामा सजिएकी बिनाले थारू परम्परा अनुसार निसराउ बनाई भेटी चढाएर कार्यक्रमको विधिवत रूपमा उद्घाटन गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि मन्त्री मगरको माघीको शुभकामना दिँदै यो कार्यक्रमले प्रगतीशील सँस्कारको विकास भएको बताइन् । 

अन्य समुदायले पनि माघी पर्व मनाउने गरेतापनि थारू समुदायले यसलाई विशेष महत्वका साथ मनाउने गर्छन्। थारू जाति विशेषमा लाग्ने रोग सिकलशेल एनिमियाको बारेमा मन्त्री बिनाले नियन्त्रण र उपचारका लागि राष्ट्रिय स्तरबाट पहल गर्ने बताइन्।

थारू कल्याणकारिणी सभा बेलौरी नगर समितिका संयोजक खडक बहादुर चौधरीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि बेलौरी नगर प्रमुख मोतीलाल चौधरी, उपमेयर चित्रा कुमारी चौधरी, प्रदेश साँसद कुलवीर चौधरी, थाकस केन्द्रीय सदस्य जीऊलाल चौधरी लगायत विभिन्न संघसंस्था एवं निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 

माघि मेलामा थारू परिकारहरू घोँघी, सुटही, ढिक्री, अन्डीक भात, बयरको अचार, सिन्की, गँगटा, चामलको जाँड तथा चामलको रक्सी जस्ता परिकारहरु राखिएको छ। मेला प्रवेशका लागि भने निशुल्क गरिएको छ। आज भएको उद्घाटन कार्यक्रममा बेलौरीका स्थानीय कलाकारहरूले माघि पर्वमा नाचिने छोक्रा नाच, मघौटा नाच तथा मुङ्ग्रा ह्वा नाच प्रस्तुत गरेका थिए। आइतबार हुने कार्यक्रममा थारू राष्ट्रिय कलाकारहरू मनीराम चौधरी, सोमती चौधरीको प्रस्तुति रहने र पर्सि आईतबार अमन चौधरी र ऋतु चौधरीको प्रस्तुती रहने आयोजक थाकसका बेलौरी नगर संयोजक खड्क बहादुर चौधरीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ